‘वीर गणेशमान सिंह १० के रोड रेस’को उपाधिको मुकेश र राजपुरालाई
काठमाडौं । ‘वीर गणेशमान सिंह चौथो १०के रोड रेस’को उपाधि पुरुषतर्फ त्रिभुवन आर्मीका मुकेश पालले तथा महिलातर्फ नेपाल पुलिसकी राजपुरा पछाईले जितेका छन् । शनिबार काठमाडौंमा भएको प्रतियोगितामा मुकेशले निर्धारित दूरी ३१ मिनेट २१.७६ सेकेन्डमा पूरा गरेका थिए भने राजपुराले ३६ मिनेट ४३.२ सेकेन्डमा पूरा गरिन् ।
नेपाल एपीएफ क्लबका साबिक विजेता गोपीचन्द्र पार्की ३१ मिनट ३८.६८ सेकेन्डको समयसहित दोस्रो हुँदा आर्मीका दीपक अधिकारी ३१ मिनेट ४७.४२ सेकेन्डको समयसहित तेस्रो भए । पुरुषतर्फ आर्मीका सञ्जय श्रेष्ठ चौथो र केन्याका सिमोन किपगेट पाँचौँ भए ।
यसैगरी पुलिसकै राममाया बुढा ३७ मिनेट ५४.१५ सेकेन्डको समयसहित दोस्रो हुँदा एपीएफकी पुष्पा भण्डारी ३८ मिनट २६.०३ सेकेन्डको समयसहित तेस्रो भइन् । आर्मीकी पूर्ण लक्ष्मी न्यौपाने चौथो तथा एपीएफकी बिन्द्र श्रेष्ठ पाँचौँ भइन् ।
प्रतियोगिताको पुरुष तथा महिलातर्फको विजेताले समान ६० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेले १५ हजार प्राप्त गरेका छन् । यस्तै चौथो र पाँचौँ हुनेले क्रमशः १० र पाँच हजार प्राप्त गरेका छन् । यसैगरी राष्ट्रिय कीर्तिमानसहित उपाधि जितेकी राजपुराले थप १० हजार हात पारिन् ।
क्याटेगोरी : खेलकुद
ट्याग : #Page 8
ताजा अपडेट
- ओडिशा रेल दुर्घटनामा नेपाली नागरिक परे-नपरेको बुझ्ने काम जारी: नेपाली दूतावास
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया