Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदक्रिकेटमा विजेता टोलीलाई प्रधानमन्त्रीले उचित पुरस्कार दिने

क्रिकेटमा विजेता टोलीलाई प्रधानमन्त्रीले उचित पुरस्कार दिने


काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटमा विजेता टोलीलाई प्रधानमन्त्री प्रचण्डले उचित पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । खेलाडीहरूको योगदानप्रति मंगलबार प्रचण्डले उच्च सम्मानसहित सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने बताएका हुन् । एसीसी प्रिमियर कप क्रिकेटमा विजेता नेपाली टोलीलाई प्रचण्डले बधाई ज्ञापन समेत गरेका छन् ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा चिर प्रतिद्वन्द्वी यूएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपाल एसिया कपमा पुगेको थियो । प्रधानमन्त्री प्रचण्डको निर्देशन बमोजिम उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ खेलाडीहरुलाई हौसला बढाउन त्रिविस्थित खेल मैदानै पुगेका थिए । जित पश्चात् श्रेष्ठले सम्पूर्ण खेलाडीहरुलाई बधाई दिँदै जितको खुसी साटेका थिए ।


क्याटेगोरी : खेलकुद

तपाईको प्रतिक्रिया