१६औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुला ब्याडमिन्टन प्रतियोगिता हुने
काठमाडौं । नेपाल एपीएफ क्लबको आयोजनामा ‘१६औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुला ब्याडमिन्टन प्रतियोगिता–२०८०” सञ्चालन हुने भएको छ । यही जेठ २१ गतेदेखि २४ गतेसम्म हल्चोकस्थित नेपाल एपीएफ क्लबको कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुने एपीएफले जनाएको छ ।
प्रतियोगिताका लागि ८ लाख ६५ हजार रुपैयाँको पुरस्कार राशि तोकिएको छ । प्रतियोगितामा पुरुष तथा महिला एकलमा प्र्रथम हुनेले ७० हजार रुपैयाँ, दोस्रो हुनेले ३५ हजार रुपैयाँ र तेस्रो हुनेले २५ हजार रुपैयाँ तथा क्वाटरफाइनमा पुग्ने प्रत्येकले टि–सर्ट प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै, पुरुष तथा महिला युगलमा प्रथम पुरस्कार ५५ हजार, द्वितीय पुरस्कार ३० हजार र तृतीय पुरस्कार २० हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा समावेश इभेन्ट्सहरू पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल, १२ वर्षमुनिका केटा, १९ वर्षमुनिका केटा, भेट्रान्स युगल ४५÷५५ वर्ष, मिक्स डबल्स र इन्टर गभर्मेन्टल सर्भिसतर्फ ३५ वर्षमाथि युगल रहेका छन् । प्रतियोगितामा सहभागी हुने खेलाडीहरूले प्रतियोगितासम्बन्धी फारम तथा नियम नेपाल एपीएफ क्लब, सशस्त्र प्रहरी बल नेपालको वेबसाइट र नेपाल ब्याडमिन्टन संघबाट प्राप्त गर्नसक्ने आयोजकले जनाएको छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #Page 8
ताजा अपडेट
- संवैधानिक व्यवस्थाबारे राष्ट्रपतिद्वारा स्पष्ट
- माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित
- न्युजिल्यान्डका प्रधानमन्त्रीलाई कोरोना
- नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार काण्डमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर
- ओमोडाले ‘क्रस फ्युचर’ ब्रान्ड स्थापना गर्ने
- जीडब्लुएमको टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज फिएस्टा
- प्यारामाउन्ट मोटर्सको भक्तपुरमा दोस्रो सोरुम
- बृज ग्लास उद्योगमा लेमिनेसन प्लान्ट
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया