राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु
काठमाडौं । नेपाल एपीएफ क्लबको आयोजनामा १६ औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । आइतबारदेखि सुरु भएको प्रतियोगिताको सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले उद्घाटन गरेका हुन् ।
सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित उद्घाटन समारोहमा महानिरीक्षक अर्यालले खेलका मुख्य रेफ्रीलाई सटल कर्क हस्तान्तरण गरी प्रतियोगिताको शुभारम्भ गरेका थिए । उक्त प्रतियोगिता हल्चोकस्थित नेपाल एपीएफ क्लबको कभर्ड हलमा जेठ २४ गतेसम्म सञ्चालन हुनेछ । कुल पुरस्कार राशि आठ लाख ६५ हजार रुपैयाँ रहेको प्रतियोगिताका सम्पूर्ण खेलहरू ब्याडमिन्टन विश्व महासंघ र ब्याडमिन्टन एसियाली महासंघको नियमअनुसार खेलाइने छ । प्रतियोगितामा १० वटा इभेन्ट्सहरू समावेश गरिएको छ । जसमा पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल, १२ वर्षमुनिका केटा, १९ वर्षमुनिका केटा, भेट्रान्स युगल ४५/५५ वर्ष, मिक्स डबल्स र मास्टर युगल ३५ वर्ष माथि रहेको छ ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठको स्मरणमा आयोजना गरिएको यस प्रतियोगिताले देशभर छरिएर रहेका प्रतिभावान खेलाडीहरूलाई एकीकृत गर्दै खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । प्रतियोगितामा आइतबार पुरुष एकल, पुरुष युगल, १२ वर्षमुनिका केटा, १९ वर्षमुनिका केटा र मिक्स डबल्स इभेन्ट्सका पहिलो चरणको खेलहरू सञ्चालन भएको थियो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #Page 8
ताजा अपडेट
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया