चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
ए डिभिजन लिगमा बढुवा भएको सिजनमा नवप्रवेशी चर्च ब्वाइज युनाइटेड क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा चर्च ब्वाइजले थ्रीस्टार क्लबसँग गोलरहित बराबरी खेल्दै एक खेल अगावै ए डिभिजन लिगको उपाधि जितेको हो । चर्च ब्वाइजलाई उपाधि जित्न एक अङ्क मात्र आवश्यक थियो । थ्रीस्टारसँगको बराबरीले चर्च ब्वाइजलाई लिग विजेता बन्न सहज भयो ।
सी डिभिजनदेखि ए डिभिजनसम्म लगातार विजेता बन्दै उपाधि जित्ने चर्च ब्वाइज क्लब दोस्रो टोली बन्यो । विसं २०६६ मा स्थापना भएको चर्च ब्वाइज क्लब सी डिभिजन छनोटमा लगातार पाँचपल्ट असफल भएको थियो । त्यसपछि विसं २०७६ मा सी डिभिजन छनोटको उपाधि जितेको चर्च ब्वाइजले त्यसयता विसं २०७७ मा सी डिभिजन र विसं २०७८ मा बी डिभिजनको उपाधि जित्दै ए डिभिजनमा बढुवा भएको थियो ।
यसअघि मनाङ मर्स्याङ्दी क्लबले डी डिभिजनदेखि ए डिभिजनसम्म लगातार उपाधि जित्दै आफ्नो नाममा कीर्तिमानी बनाएको थियो । विसं २०३९ देखि २०४३ सालसम्म मानाङ मर्स्याङ्दी क्लबले डि डिभिजनदेखि ए डिभिजनसम्म लगातार उपाधि जितेको थियो ।आजको खेलमा निकै प्रतिस्पर्धात्मक बनेको थियो । खेलको विभिन्न समयमा दुवै टोलीले गोलको अवसर प्राप्त गरेका थिए । तर दुवै टोलीबाट गोल हुन सकेन र चर्च ब्वाइज लिग विजेता बन्न सफल भयो ।
डबल राउन्ड रोबिन लिगको आधारमा सञ्चालन भएको उक्त प्रतियोगितामा चर्च ब्वाइजले २५ खेलबाट ४५ अङ्क बनाएको छ । दुई खेल खेल्न बाँकी मछिन्द्रको ३९ अङ्क छ । मछिन्द्रले बाँकी दुई खेलमा विजयी हासिल गरेता पनि चर्च ब्वाइजलाई पछि पार्न सक्दैन । चर्च ब्वाइज हेड टू हेडमा मछिन्द्रभन्दा अगाडि रहेको छ ।चर्च ब्वाइजले लिगको २५ खेलमा १२ जित, ८ बराबरी र ४ मा हारको नतिजा निकालेको थियो । त्यस्तै समान २५ खेल नै खेलेको थ्री स्टारको २९ अङ्क भएको छ । थ्रिस्टार बाह्राँै स्थानमा छ । रासस
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- नेपालमै किन बस्ने ?
- लिट्मस केबल्सको ‘वायरिङ दमदार, घर शानदार’ योजना
- इन्धनमा करमाथिको करले उपभोक्ता मर्कामा
- सरकारी कार्यालयका आर्थिक प्रशासन शाखा प्रमुखलाई करसम्बन्धी तालिम
- दोलखामा थप चार केजी अवैध सुन बरामद
- रुपन्देहीका घरेलु तथा साना उद्योगमा ४१ अर्ब लगानी
- जी फोर्सविरुद्धको उजुरी अलपत्र
- पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया