राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टनको उपाधि दाहाललाई
काठमाडौं । ‘१६ औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिता’को पुरुष एकलतर्फको उपाधि नेपाल एपीएफ क्लबका प्रिन्स दाहालले जितेका छन् । बिहीबार भएको फाइनल खेलमा एपीएफका दाहालले त्रिभुवन आर्मी क्लबका रुकेश महर्जनलाई २१–११ र २१–११ ले पराजित गरी उपाधि जितेका हुन् ।
यसै गरी बिहीबार नै भएको महिला एकलतर्फको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले नेपाल एपीएफ क्लबकी जेसिका गुरुङलाई २१–१९, १५–२१ र २१–१७ ले पराजित गरी उपाधि हात पारेकी छन् । यस्तै, १९ वर्षमुनिका केटाअन्तर्गत नेपाल एपीएफ क्लबका क्षितिज खनालले एपीएफ क्लबकै रोशन साउदलाई १३–२१, २१–१७, २१–१८ ले पराजित गरी उपाधि जिते । अन्डर टुभेल ब्वाइजअन्तर्गतको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबका रिजन मगरले त्रिभुवन आर्मी क्लबकै सुदेश राजकोटीलाई २४–२२, २१–१८ ले पराजित गरी उपाधि जितेका छन् ।
यसै गरी मेन्स डबलतर्फ नेपाल एपीएफ क्लबका प्रिन्स दाहाल र विजित थापा मगरले नेपाल पुलिस क्लबका जीवन आचार्य र विष्णु कटुवाललाई २१–१८, २१–१३ ले पराजित गरी उपाधि जित्न सफल भएका छन् । वुमेन्स डबलतर्फको खेलमा त्रिभुवन आर्मी क्लबका रशिला महर्जन र अनुमाया राईले नेपाल एपीएफ क्लबका जेशिका गुरुङ र सुनैना मुखियालाई २१–१६, २१–१२ ले पराजित गरी उपाधि जिते भने मिक्स डबलतर्फ नेपाल एपीएफ क्लबका प्रिन्स दाहाल र जेसिका गुरुङले नेपाल एपीएफ क्लबकै विजित थापा मगर र शोभा गौचनलाई २३–२१, २२–२० ले पराजित गरी फाइनल खेल जित्न सफल भए ।
५५ वर्षमाथिका भेट्रान्सतर्फ चितवनका बुद्धि चौधरी र धादिङका विष्णुलाल श्रेष्ठले बैतडीका पूर्णचन्द्र जोशी र कीर्तिपुरका राजु महर्जनलाई २३–२१, २२–२० ले पराजित गरी उपाधि जितेका छन् भने ४५ वर्षमाथिका भेट्रान्सतर्फका खेलमा नेपाल एपीएफ क्लबका सञ्जय कपाली र अनिल थाम्सुङ्ले कास्की पोखराका विशाल हिराचन र शम्भुकुमार श्रेष्ठलाई २१–१३, २२–२० ले पराजित गरी उपाधि जितेका छन् । इन्टर गभरमेन्ट सर्भिस (सिनियर अधिकृत)तर्फको खेलमा नेपाल टेलिकमका शोभाकर भण्डारी र हरिकृष्ण शर्माले नेपाल एपीएफ क्लबका धीरेन्द्र चन्द र सुधीर सुवेदीलाई २२–२०, २१–१२ ले पराजित गरी उपाधि जिते ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित प्रतियोगिताको समापन समारोहमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विजयी खेलाडीहरूलाई सिल्ड, पदक, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरे । कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रतियोगिता सञ्चालनमा सहयोग पु-याउने विभिन्न संघ संस्था, रेफ्री तथा अफिसियलहरूलाई समेत प्रशंसा पत्र तथा मायाको चिनो प्रदान गरेका थिए । कुल पुरस्कार राशि आठ लाख ६५ हजार रुपैयाँ रहेको प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल, १२ वर्षमुनिका केटा, १९ वर्षमुनिका केटा, भेट्रान्स युगल ४५÷५५ वर्ष, मिक्स डबल्स र इन्टर गभरमेन्ट सर्भिस (सिनियर अधिकृत)लगायत गरी १० वटा इभेन्ट्सहरू समावेश गरिएको थियो ।
नेपाल एपीएफ क्लबको आयोजनामा उक्त प्रतियोगिता सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित नेपाल एपीएफ क्लबको कभर्ड हलमा जेठ २१ गतेदेखि सञ्चालन भएको हो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #Page 8
ताजा अपडेट
- (एमसीसी)की प्रमुख कार्यकारी अधिकृत सिइओ अलब्राइट काठमाडौंमा
- यही हो त प्रहरीको जनसेवा ?
- पशुपतिनाथ जलहरी प्रकरण सदस्यसचिव थापासहित तीन जनाविरुद्ध मुद्दा
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया