नेपाल सांस्कृतिक कलाकर्मी संघको पाँचौँ महाधिवेशन
काठमाडौं । नेपाल सांस्कृतिक कलाकर्मी संघको पाँचौँ महाधिवेशन सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि कांग्रेस सहमहामन्त्री भीष्मराज अङदेम्बेले कांग्रेसले हरेक श्रमको सम्मान गर्ने र श्रमिकको रक्षाका लागि श्रमिक आन्दोलनको सुरुवात कांग्रेसले गरेको बताउँदै आङदेम्बेले कलाकर्मीको संरक्षणको लागि युवा लाग्नुपर्ने बताएका छन् ।
अधिवेशनबाट कलाकर्मी संघको अध्यक्षमा उदिराम खड्का चयन भएका छन् । आइतबार काठमाडौंमा भएको पाँचौँ अधिवेशनबाट खड्काको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको हो । वरिष्ठ उपाध्यक्ष रुक्मिणी गिरी, सन्तोष गुरूङ, महिला उपाध्यक्ष सन्ध्या सानु घताने चयन भएका छन् । कोशी प्रदेश अध्यक्षमा कविता गेलाल, मधेश प्रदेश अध्यक्षमा प्रदेशी शाह, बागमती प्रदेशमा महेशप्रसाद हाडा र गण्डकी प्रदेश अध्यक्षमा रामजी खाण चयन भएका छन् । लुम्बिनी प्रदेश अध्यक्षमा खुमबहादुर केसी, कर्णाली प्रदेश अध्यक्षमा कृष्ण रेउले र सुदूरपश्चिम प्रदेश अध्यक्षमा सुरत रावत चयन भएका छन् ।
प्रदेश अध्यक्ष स्वतः केन्द्रीय उपाध्यक्षसरह हुन्छन् । त्यस्तै महासचिवमा लिलाधर भट्टराई (लिगेस), उपमहासचिवमा दीपक भण्डारी, हिक्मत शाही (क्षितिज) र पवन चुकाह चयन भएका छन् । कोषाध्यक्षमा दिपेन्द्र आले र सहकोषाध्यक्ष जालुमाया गुरुङ चयन भएका छन् ।
क्याटेगोरी : मनोरञ्जन
ट्याग : #Page 12
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया