Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठमनोरञ्जननिर्माताहरू भन्छन्, ‘चलचित्रको व्यापारमा गीतको भूमिका निकै ठूलो छ’

निर्माताहरू भन्छन्, ‘चलचित्रको व्यापारमा गीतको भूमिका निकै ठूलो छ’

उत्कृष्ट पाँच फिल्मी गीतमा शर्माका दुई गीत


काठमाडौं । २०७९ मा रिलिज भएका हिट चलचित्र संगीतमध्ये दिपक शर्मा पहिलो नम्बरमा रहेका छन् । गएको वर्ष उत्कृष्ट पाँच फिल्मी गीतमध्ये संगीतकार दीपक शर्माको गीत सर्वाधिक दर्शकको रोजाइमा परेका छन् ।

२०७९ सालमा रिलिज भएका चलचित्रका गीतको सूची हेर्दा उत्कृष्ट पाँचमा संगीतकार दीपक शर्माका दुईवटा गीत परेका छन् । गएको वर्ष ‘मायाँ जदौ’ले युट्युबमा २६ मिलियन अर्थात् दुई करोड ६० लाखभन्दा बढी भ्युज पाएको छ । यो नै २०७९ मा रिलिज भएका चलचित्रका गीतहरूमध्ये सबैभन्दा बढी भ्युज कमाएको गीत हो । चलचित्र ‘हिजोआजका कुरा’को यो गीतमा रामकृष्ण ढकाल र मेलिना राईको स्वर छ । गीत सर्वाधिक हिट हुँदा आफ्नो चलचित्रको व्यापारमा पनि त्यत्तिकै सहयोग पुगेको निर्माता एवं अभिनेता सन्तोष पन्तले बताएका छन् ।

यस्तै २०७९ सालमा रिलिज भएका चलचित्रको गीतमा सर्वाधिक भ्युज पाएको दोस्रो स्थानको गीत चलचित्र ‘प्रेमगीत–३’को ‘हर युग होस्’ छ । एलिश कार्कीले संगीत भरेको यो गीतले साढे २२ मिलयन अर्थात् दुई करोड २५ लाखभन्दा बढी भ्युज पाएको छ । यो गीतलाई प्रताप दास र प्रविशा अधिकारीले गाएका हुन् । यो गीतको सफलताले पनि फिल्मको व्यापारमा राम्रो साथ दिएको निर्माता सन्तोष सेनको कथन छ । यसरी २०७९ सालमा संगीतकार एलिस कार्की दोस्रो स्थानमा छन् ।

यस्तो २०७९ सालमा रिलिज भएको चलचित्रको गीतमध्ये उत्कृष्ट तेस्रो स्थानमा परेको गीत पनि संगीतकार दीपक शर्माकै रहेको छ । दीपक शर्माले नै संगीत गरेको चलचित्र ‘छक्का पञ्जा ४’ को ‘दर्शन सलाम’ गीतले २२ मिलियन अर्थात् दुई करोड २४ लाख भ्युज छोटो समयमै पाइसकेको छ । राजेन्द्र थापाको रचना तथा डेबिड शंकर र सहिमा श्रेष्ठको स्वर रहेको यो गीत अहिले माथि उक्लिने क्रममै छ । विश्वव्यापीरुपमा रिलिज भएको चलचित्र छक्का पञ्जा ४ को यही गीतका कारण सर्वाधिक राम्रो व्यापार भएको यसका निर्माता एवं अभिनेता दीपकराज गिरीले बताएका छन् ।


क्याटेगोरी : मनोरञ्जन
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया