काठमाडौं । चलचित्र विकास बोर्डले प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्ने भएको छ । बोर्डले आगामी असार १, २ र ३ गते दाङ जिल्लामा महोत्सवको आयोजना गर्ने निर्णय गरेको हो ।
बोर्डको बैठकले महोत्सवको संयोजकमा प्रवक्ता के.एल. बुढाथोकीलाई तोकेको छ । उक्त महोत्सवमा बालबालिकासँग सम्बन्धित तथा बालबालिकाले नै बनाएका लामा तथा छोटा शिक्षामूलक चलचित्रहरूको प्रदर्शनी बोर्डले जनाएको छ । साथै, चलचित्र ज्ञानसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी एवम् फोटो प्रदर्शनी र चलचित्र नृत्य प्रतियोगितासमेत हुनेछ । महोत्सवको दौरान ‘बालबालिकासँग भुवन केसी’ सेगमेन्ट आयोजना हुनेछ जहाँ स्थानीय झाँकी र सांस्कृतिक प्रदर्शनीसहित बोर्ड अध्यक्ष केसीको परिचयात्मक श्रव्यदृश्य सामग्री समेत प्रदर्शन हुने बताइएको छ ।
बालबालिकाहरू माझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अगाडि बढाउने, बालबालिकालाई चलचित्रको अभ्यास गराउने, बाल चलचित्र क्लब गठन तथा सञ्चालनमा प्रोत्साहन गर्ने, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सवहरूमा नेपालका बालबालिकाहरू तथा उनीहरूले बनाएका चलचित्र सहभागी गराउन मद्दत पु-याउने आदि उद्देश्यहरूका साथ राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्न लागिएको बोर्डले जनाएको छ ।
क्याटेगोरी : मनोरञ्जन
ट्याग : #page 3
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया