‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शनमा
काठमाडौं । शुक्रबार नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता दिँदै आजदेखि दुई नेपाली चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शन भएका छन् । फरक विधाका दुई चलचित्रले नेपाली दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माण समूहको छ ।
अघिल्लो हप्ता जेठ १९ मा कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा आएका थिएनन् । यो साता एकैसाथ दुई चलचित्र प्रदर्शन भइरहेका छन् ।
फूलमान वलले निर्देशन गरेको चलचित्र ‘नीरफूल’ मौलिक स्वादमा बनेको निर्देशक वलले राससलाई बताए । उनका अनुसार फरक समुदायको सांस्कृतिक स्वाद पाइने चलचित्रमा भूकम्पका कारण विछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको प्रयत्न देखाइएको छ ।
“भत्किएका मन र सम्बन्धको पुनःनिर्माणको कथा समेटेर चलचित्र तयार गरेको छु । यो हाम्रो कथा र व्यथा बोकेको मौलिक स्वादको चलचित्र हो”, निर्देशक वलले भने ।
चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतको अभिनय रहेको छ । निर्देशक वल र सचिन घिमिरेको पटकथा लेखन रहेको चलचित्रमा प्रमोद कार्कीको छायाङ्कन, निमेश श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको सङ्गीत रहेको छ ।
शुक्रबार प्रदर्शन भएको अर्को चलचित्र हो, ‘वेलकम टु हेम्जाकोट’ । सरोज पौडेलको लेखन तथा निर्देशन रहेको उक्त चलचित्रमा बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदीप ढकाल, सन्दीप सिग्देल, अम्बिका तामाङलगायत कलाकारले अभिनय गरेका छन् ।
समसामयिक कथामा हास्य नाटक (कमेडी) शैली मिश्रण गरेर प्रस्तुत गरिएको चलचित्रमा वैदेशिक रोजगारी, बेरोजगारीले निम्त्याउने समस्या, अन्तरजातीय प्रेममा आउने उतारचढावलगायत विषयवस्तु समेटिएको अभिनेता विनोद न्यौपानेले बताए । “फरक प्रस्तुतीकरणमा सामाजिक कथालाई लिएर आएका छौँ । यो हाम्रै समाजको कथा हो”, उनले भने ।
क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा मिलन श्रेष्ठको द्वन्द्व, मित्र डी गुरुङको सम्पादन, दीर्घ गुरुङको छायाङ्कन रहेको छ ।
क्याटेगोरी : मनोरञ्जन
ताजा अपडेट
- पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा
- इलाम–२ उपनिर्वाचन :रास्वपाबाट लिम्बू उम्मेदवार
- शिक्षाका लागि विद्यालयको पूर्वाधार निर्माण आवश्यक छ : मन्त्री राई
- स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव
- हिमालमा हेलिकोप्टरको सहारा
- चार दशमलव ७८ अंकले उक्लियो सेयर बजार
- राष्ट्रियसभाका उपाध्यक्षद्वारा राजीनामा
- पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- चिया पसल पनि कम्पनी ?
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
- नेपाली अमेरिका कलाकार सङ्घमा बसन्ती राई
तपाईको प्रतिक्रिया