Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल‘कोभिड प्रकोपका कारण सुस्ताएको अर्थतन्त्र जोगाउन स्पष्ट योजना आएन’

‘कोभिड प्रकोपका कारण सुस्ताएको अर्थतन्त्र जोगाउन स्पष्ट योजना आएन’


काठमाडौं, वैशाख १७
कोरोना भाइरस (कोभिड १९) को प्रकोपका कारण अर्थतन्त्रमा सृजना भएको प्रतिकूलतालाई सम्बोधन गर्ने वारे सरकारले कुनै स्पष्ट योजना ल्याउन नसकेको नेपाल चेम्बर अफ कमर्शले बताएको छ । चेम्बरले मंगलबार एक विज्ञप्ति जारी गर्दै सरकारले कुनै स्पष्ट योजना ल्याउन नसक्दा निजी क्षेत्रमा उत्साहित नदेखिएको जनाएको छ । चेम्बरले कोरोनाबाट बढी प्रभावित क्षेत्रलाई चालू पुँजी थप कर्जा प्रदान गर्नेबारे स्पष्ट व्यवस्थाको तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ ।

२०७६ चैत्र महिनामा भुक्तानी गर्नुपर्ने मासिक, त्रैमासिक किस्ताहरूको भुक्तानी अवधि ३ महिना बढाइनु र समयमा नै भुक्तानी गर्ने श्रणीहरूलाई मासिक, त्रैमासिक ब्याजको रकममा १० प्रतिशत छुट दिने व्यवस्थाले वर्तमान कोभिड १९ले पीडित व्यवसायी उद्योगीलाई सहजता नहुने चेम्बरको भनाइ छ । विना कुनै धितो बजारमा ठूलो मात्रामा उधारो क्रेडिट प्रवाह भैइरहने नेपालजस्तो अर्थतन्त्रमा कोभिड १९को प्रभावले सम्पूर्ण आर्थिक कारोबार निष्क्रिय भएको वर्तमान अवस्थामा उधारो असुली हुन लामो समय लाग्ने चेम्बरको भनाइ छ ।

चेम्बरले सरकारले सामान्य सहुलियत गरेको भनिए पनि चालू पुँजी, टीआरको ब्याज, व्यतिmगत तथा अन्य कर्जाहरूका भुक्तानीबाारे स्पष्टता नआएको बताएको छ । सबै प्रकारको कर्जाहरूको भुक्तानी म्याद कम्तीमा ६ महिनाको समयावधि थप हुनुपर्ने चेम्बरले माग गरेको छ । कोभिड १९को विश्व व्यापी संकटको बेला सबै क्षेत्रमा न्यायोचित वितरण हुने गरी पुनर्कर्जालाई दुई सय अर्ब रूपैयाँ पु-याए मात्रै प्रभावित क्षेत्रलाई केही राहत प्रदान हुने चेम्बरको भनाइ छ ।

खुद्रा तथा थोक व्यवसाय उद्योग पर्यटन यातायात, घर जग्गा, निर्माण, सपिङ मल सिनेमा हल आदि क्षेत्रहरूमा ऋणात्मक प्रभाव देखिएकोले अविलम्ब दीर्घकालीन पुनर्कर्जा तथा सहुलियत दरको ब्याजदरको निर्णय लिएर निजी क्षेत्रको मनोबल बढाउन चेम्बरले सरकारसँग आग्रह गरेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया