Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालअर्थतन्त्र चलायमान बनाउन उद्योग सञ्चालन गर्न दिन सरकारलाई चेम्बरको सुझाव

अर्थतन्त्र चलायमान बनाउन उद्योग सञ्चालन गर्न दिन सरकारलाई चेम्बरको सुझाव


काठमाडौं, वैशाख १९
नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्रलाई चलायमान बनाउन उद्योगहरु सञ्चालन गर्न दिन सरकारलाई सुझाव दिएको छ । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुख्यसचिव लोकदर्शन रेग्मीलाई विषयगत समष्टिगत सुझाव हस्तान्तरण गर्दै लकडाउनलाई विस्तारै भौतिक र असर कम भएको ठाउँमा खुकुलो बनाउँदै उद्योगहरु सञ्चालन गर्न दिन आग्रह गरेको हो । तर काठमाडौंमा भएको मान्छेलाई बाहिर जान र बाहिरको मान्छेलाई पनि काठमाडौं आउन भने दिन नहुने चेम्बरको भनाइ छ । यहाँ उद्योग खुल्यो भने मजदुरहरुले यहीँ रोजगारी पाउने हुँदा मजदुरहरुलाई पनि राहत मिल्ने चेम्बरको सुझाव छ ।

चेम्बरले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट नेपालको अर्थतन्त्रको विभिन्न क्षेत्रमा परेको प्रभावबारे नेपाल चेम्बर अफ कमर्सले अर्थ मौद्रिक तथा वित्त, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य क्षेत्रलाई पुनरुत्थान गर्न तयार गरेको विषयगत समष्टिगत बुँदा र सुझाव मुख्यसचिव रेग्मीलाई बिहीबार हस्तान्तरण गरेको हो । मुख्यसचिव रेग्मीले समष्टिरुपमा आएको सुझावलाई अध्ययन गरेर यसलाई अब आउने बजेटमा समावेश गर्ने बताए । उनले लकडाउन पनि भारतको अवस्था हेरेर निर्धारण गरिने बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया