Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाललकडाउनको मौका छोपी वनमा तस्करी

लकडाउनको मौका छोपी वनमा तस्करी


धनबहादुर जप्रेल
कञ्चनपुर, वैशाख २६
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सरकारले देशभर लकडाउन गरिरहेको बेला कञ्चनपुरमा भने विभिन्न वन क्षेत्रका तस्करहरुले लकडाउनको अवसर पारेर वन जंगलमा वन तथा वन्यजन्तु जन्य चिजको चोरी तस्करी बढिरहेको पाइएको छ । संघीय सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत चैत १० गते देखि सीमानाका बन्द सहित लकडाउन गरे पनि कञ्चनपुरमा स्थानीय प्रशासनले एक दिन अगावै चैत गतेदेखि नै सीमा बन्द गरेको थियो । सोही मौका छोपेर कन्चनपुरमा करिब ५ हेक्टर जमिन अतिक्रमण गरिएको छ भने एक बदेल मारिएको छ साथै दर्जनौँ सालका रुख काटिएका छन् ।

यसवीचमा २९.२५ क्युफिट चिरान र ७६.७५ सालका गोलियासहित कुल १०५.७५ क्युफिट काठ बरामद गरिएको छ । बेलौरी नगरपालिका क्षेत्रका गाउँमा पसेका दुई वन्यजन्तु (चित्तल) र भीमदत्त नगरपालिका तिलकपुर गाउँ पसेको एक चित्तलको उद्दार गरि वनमा छाडिएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका सुचना अधिकारी शिवराज अवस्थीले कोरनाको मौकाछोपी वन र वन्यजन्तुमाथि तस्करले गिद्दे नजर लगाएको विषय विश्लेषण गरेर वनले समेत त्यहीअनुरुप सुरक्षा रणनीतिक अबलम्बन गरेको बताए । साथै उनले वनको सुरक्षाका लागि आफूहरु लागि परेको दाबी समेत गरेका छन् ।

डिभिजन वन कार्यालयले काठ र वन्यजन्तु तस्कर गर्ने जुनसुकै व्यक्ति वा समुहलाई समेत कानुनी दायरमा ल्याएरै छाड्ने बताएको छ । हाल कोरनाका कारण नियन्त्रणमा आएका काठ र वन्यजन्तु तस्करलाई लकडाउन खुलेको भोलिपल्टै सम्पर्कमा आउँने सर्तमा वडाध्यक्षको रहोबरमा छाडिएको उनले बताए । शुक्लाफाँटा राष्ट्रिय वन्यजन्तु निकुञ्जमा समेत चोरी तस्करी गर्ने गएका तीन सयभन्दा बढीलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ ।

निकुञ्ज स्रोतका अनुसार गैर कानुनी रुपमा निकुञ्ज प्रवेश गरेर काठ दाउरा काट्ने, माछा मार्नेलगायतका व्यक्ति समुह नियन्त्रणमा लिएर कारबाही गरिएको छ । केही दिन अघि लकडाउनको मौकाछोपी काठ र वन्यजन्तु तस्करी हुने भन्दै सामुदायिक वन उपभोक्ता महासंघ वेदकोट नगरका अध्यक्ष राजुराम सार्कीले प्रेस विज्ञप्ति जारी गरेर सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारीलाई सचेत गराएका थिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया