Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालगाउँपालिकाद्वारा चार लाख बढीको राहत वितरण

गाउँपालिकाद्वारा चार लाख बढीको राहत वितरण


महेन्द्र शाही
सोलुखुम्बु, जेठ ७
खोटाङको ऐसेलुखर्क गाउँपालिकाले चार लाख बढीको राहत वितरण गरेको छ । अहिलेसम्म गाउँपालिकाले चार लाख १४ हजार पाँच सय ४० रूपैयाँको राहत वितरण गरेको हो । कोरोनाले देश लकडाउन भएको समयमा पालिकाले राहत वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्यले जानकारी दिए । गाउँपालिकाभित्रका विपन्न र ज्यालादारी गर्ने नागिरकहरूलाई चामल र नुन वितरण गरेको आचार्यको भनाइ छ ।

उनका अनुसार पालिकाभित्रका पाँच सय ६४ घर परिवालाई राहत वितरण गरिएको छ । रातह स्वरूप प्रत्यक घर परिवारलाई १५ किलो चामल र २ किलो नुन राहत स्वरूप वितरण गरिएको गाउँपालिकाले जनाएका छ । पाँच सय ६४ घर परिवारलाई आठ हजार चार सय ६० किलो चामलका लागि तीन लाख ८० हजार सात सय रूपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै पाँच सय ६४ घर परिवारलाई एक हजार एक सय २८ किलो नुनका वितरण गरिएको छ । त्यसका लागि ३३ हजार आठ सय ४० रूपैयाँ खर्च भएको जनाइएको छ । गाउँपालिकाले पालिकाभन्दा बाहिर रहेका नागरिकलाई भने उद्धार गर्न सकेन । तयारीमा ढिलाई हुँदा नागरिककको उद्धार गर्न नसकिएको गाउँपालिकाले जनाएको छ । तयारी अन्तिम चरणमा पुगेको समयमा संघीय सरकारले उद्धारको कार्य रोकेकाले नागरिक ल्याउन नसकिएको गाउँपालिकाको भनाइ छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया