Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल‘लकडाउन’ले जिरीको स्टोन पार्क सुनसान

‘लकडाउन’ले जिरीको स्टोन पार्क सुनसान


सुबास बस्नेत
दोलखा, जेठ ७
दोलखासदरमुकाम चरीकोटबाट करिब ५५ किलोमिटर दूरीअन्तरमा रहेको जिरीे पर्यटकीय गन्तव्यको एक हिस्सा मानिन्छ भने विश्वको अग्लो हिमाल सगरमाथाको प्रवेश बिन्दुको रूपमा लिइन्छ। जिरी नगरपालिकाभित्र रहेका दर्जनौं पर्यटकीय स्थल यो समय विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोकथामको लागि गरिएको लकडाउनले सुनसान बनेका छन। नयाँ वर्ष सुरुभएदेखि बाक्लो चहलपहल हुने जिरीका पर्यटकीय स्थल यो वर्ष सुनसान भएका छन्।

पर्यटकीय गन्तव्यको रूपमा चिनाउन जिरी नगरपालिकाले धेरै पर्यटकको चहलपहल हुने ठाउँ नगरपालिकाको वडानम्बर एक श्यामामा सुन्दर स्टोन पार्क निर्माण गरेको छ । नगरपालिकाले वडा नम्बर एकमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको देखेर यूएनडीपीको साझेदारीमा स्टोन पार्क निर्माण गरेको हो ।

नगरपालिककाले चालू वर्ष छुट्टयाएको तेह्र लाख बजेटको लागतमा श्यामाको पुम्पामा गाउको एउटा सुन्दर ठाउँमानिने स्थलमा स्टोन पार्कमा निर्माण गरिएको छ ।दोलखा र रामेछाप जिल्लाको सिमाना नजिकै रहेको यस ठाउँमा खिम्ती खोलाको किनारमा रहेको प्राकृतिक रूपमा निर्मित ठूला–ठूला ढुंगाहरू रहेका छन्।तिनै ढुंगाहरूलाई अधार बनाएर अन्य पूर्वधारहरू निर्माण गरेर स्टोनपार्क निर्माण गरिएको हो।उक्त पार्कमा पर्यटहरूको लागि तीन वटा प्रतिक्षालय, हेलिप्याड,स्टोन पार्कसम्म जाने सोलिङ बाटो,काँडेतार सहितको कम्पाउण्ड, पार्कभित्र शौचालय र स्वाच्छ पिउने पानिको समेत व्यवस्था रहेको स्थानीय राजेन्द्र कार्कीले जानकारी दिए ।

पार्कमा दोलखा, काठमाडौं, रामेछाप, सोलुखुम्बुलगायत अन्य जिल्लाबाट आन्तरिक तथा विदेशी मुलुकबाट पनि मानिसहरू घुम्न आउने उनले बताए । धेरै पर्यटकहरू उक्त ठाउँको भ्रमण तथा अवलोकन गर्न आउने गरेको पाइएको हुँदा पर्यटक व्यवस्थापन गर्न वडा र केहि गैरसरकारी संस्थाको सहयोगमा पर्यटकीय संरचना निर्माण गरेको जिरी नगरपालिका वडानम्बर एकका वडा अध्यक्ष लाक्पा शेर्पाले जानकारी दिए ।

नगरपालिकाको पर्यटक प्रवद्र्धनको योजनाअन्तर्गत आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्न पार्क निर्माण गरिएको उनको भनाइ छ । वडा अध्यक्ष शेर्पाका अनुसार पार्कलाई थप व्यवस्थित गर्न कोरोनाको महामारी सामान्य अवस्थामा फर्किए आगामी आर्थिक वर्षमा विस्तृत योजना तयार पारी थप संरचनाहरू निर्माण गर्ने बताए । पार्कभित्र बजेट अभावले छुटेका संरचनाहरू मनोरञ्जन स्थल, पोखरी,स्वीमिङपुल,विभिन्न देविदेवताको मूर्ति निर्माण गरिने वडाले योजना बनाएको उनको भनाइ छ ।

स्टोन पार्कसम्म पुग्नको लागि दोलखाको सदरमुकाम चरीकोटबाट जिरी बजार, जिरीबाट माली,यलुङ हुँदै जान सकिन्छ । यसैगरीछिमेकी जिल्ला रामेछापको ठोसे,शिवालय हुँदै पनि आउन सकिने वडा अध्यक्ष शेर्पाले बताए । लकडाउनका कारण जिरीमा दर्जनको हाराहारीमा रहेका अन्य पर्यटकीयस्थल पनि अहिले सुनसान बनेका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया