Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल‘लकडाउन’ अवधिमा पाँच सयभन्दा बढी महिला तथा बालिका हिंसाबाट पीडित

‘लकडाउन’ अवधिमा पाँच सयभन्दा बढी महिला तथा बालिका हिंसाबाट पीडित


काठमाडौं, जेठ ८
लकडाउन भएको ५४ दिन (गत शनिबार)सम्म नेपालमा महिला तथा बालिकामाथि भएका हिंसाका घटनामा पाँच सय दुई जना पीडित भएका अभिलेख गरिएको इन्सेकले जनाएको छ । इन्सेकले लकडाउनको सुरू दिन ०७६ चैत ११ गतेदेखि ०७७ जेठ ३ गतेसम्मको अवधिमा अभिलेख गरिएको तथ्याङ्कलाई बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा सो तथ्याङ्क उल्लेख गरिएको छ ।

लकडाउनकोे यो अवधिमा परिवारजनबाट २३ जना महिलाको हत्या भएका घटना इन्सेकले अभिलेख गरेको जनाएको छ । त्यसैगरी घरेलु हिंसाका घटनामा दुई सय ३९ जना पीडित भएका इन्सेकले जनाएको छ । यो अवधिमा बलात्कारका घटनामा ६४ जना महिलासहित एक सय ६९ जना, बलात्कार प्रयासका घटनामा २० जना महिला, यौन दुव्र्यवहारका घटनामा ४६ जना बालिकासहित ५१ जना पीडित भएका घटना इन्सेकको अभिलेखमा उल्लेख छ ।

‘यो अवधिमा सबैभन्दा बढी बागमती प्रदेशमा एक सय ५४ जना र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २२ जना महिला तथा बालिका पीडित भए ।’ प्रतिवेदनमा भनिएको छ– ‘लकडाउनका कारण कतिपय घटना सार्वजनिक नभएको वा प्रहरीसम्म नपुगेको पनि हुन सक्छ ।’ 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया