प्रहरीकै मिलेमतोमा पर्साको ग्रामीण क्षेत्रमा लागूऔषधको कारोबार

सन्तोष पौडेल
बीरगञ्ज, जेठ ८
पर्साको ग्रामीण क्षेत्रमा प्रतिबन्धित लागूऔषधको कारोबार व्यपाकरूपमा बढेको पाइएको छ । प्रहरी र प्रशासन दुवै कोरोना महामारी र रोकथामका लागि केन्द्रित भएको बेला लागूऔषध कारोबारीलाई यो समय सुनौलो समय भएको छ । लागूऔषध कारोबारीले अहिले पर्साका विभिन्न ग्रामीण इलाकालाई तस्करीको ट्रान्जिट प्वाइन्ट बनाएका छन् । केही दिन पहिला लागूऔषध कारोबारीका दुई पक्षबीच झडप नै भयो । लागूऔषध गाँजा र चरेस ओसारपसार गर्ने क्रममै एक पक्षले अर्को पक्षको लागूऔषध गाँजा खोसेपछि झडप भएको स्रोतले बताएको छ ।
पर्साको ग्रामीण क्षेत्रको उत्तरी भाग अर्थात् पर्सा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वनको बाटोमा तस्करहरूको दुई समूहबीच झडप भएको हो । पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने जंगलको बाटो भएर एक समूहले तस्करी गर्न लागेको प्रतिबन्धित लागू औषध गाँजा अर्को तस्कर समूहले लुट्ने क्रममा झडप भएको थियो । तस्करको एक समूहले मकवानपुरको मनहरीलगायतका पहाडी क्षेत्र र धादिङका विकट स्थानमा उत्पादित गाँजा पटेर्वा सुगौली गाउँपालिकातर्फ ल्याइरहेको बेला अर्को समूहले लुटेको थियो ।
पटेर्वा सुगौली गाउँपालिका वडा न २ गादी मन्दिर र मकवानिटोल क्षेत्रअन्तर्गतको सडकबाट ४ बोरामा रहेको करिब ६० किलो गाँजा अर्को तस्कर समूहले लुटेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार पटेर्वा सुगौली गाउँपालिकाको वडा न ५ देउरिया, वडा नम्बर ४ पटेर्वा र वडा नम्बर १ मा अहिले पहाडीक्षेत्रबाट ल्याईएको गाँजा तस्करहरूले भण्डारण गर्ने गरेका स्रोतको दाबी छ ।
त्यस क्षेत्रमा हुनेगरेको अवैध गतविधिमा स्थानीय प्रहरीको पनि मिलोमतो हुने गरेको स्रोतको दाबी छ । त्यसक्षेत्रमा अहिले लागूऔषध गाँजाको तस्करी मौलाएको स्थानीयले बताएका छन् । लुटिएको गाँजा लुटेका तस्कर समूह र लुटिएका तस्कर समूहबीच गादीमा फिर्ता गर्ने विषयमा गोप्य छलफल गरेको पनि स्रोतले जनाएको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक दिपक चोरवारले भने त्यस्तो खबर आफूले नपाएको र यदि त्यस्तो भए खोजी गरेर कारबाही गर्ने बताए ।
ताजा अपडेट
- सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’
- भारतद्वारा पाम आयलमा प्रतिबन्ध : नेपाली उद्योग धराशायी हुँदै
- ‘निर्वाचन व्यवस्थापनमा मानव संसाधन नीति–२०७७’ कार्यान्वयनमा
- चालू आवको छ महिनामा विराटनगरको राजस्वमा वृद्धि
- सरकारको वित्त १२ अर्ब ७२ करोड रुपैयाँले घाटामा
- छ महिनामा ८६ प्रतिशत होला विकास खर्च ?
- भारतले उत्पादन गरेको कोरोना खोपलाई नेपालमा अनुमति
- प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि निरन्तर सुनुवाइ
धेरैले पढेको
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- विद्यार्थीलाई न्यानो कपडा वितरण
- निःशुल्क स्वास्थ्य शिविर
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- डिजिटल नेपाल र शिक्षा क्षेत्र
- लिवाङको आर्मी ब्यारेक परिसरमा ग्लोबल आईएमई बैंकको एटीएम सेवा
- अंग्रेजी नयाँ वर्षमा कालिञ्चोकमा १० हजार पर्यटक
- सडकलाई स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराउनैपर्ने सरकारको निर्णय
तपाईको प्रतिक्रिया