Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालस्रोत नखुलेको नौ लाख नगदसहित एक जना पक्राउ

स्रोत नखुलेको नौ लाख नगदसहित एक जना पक्राउ


सप्तरी, जेठ ११
हनुमाननगर नगरपालिका १४ कोसी बलार भन्ने ठाउँबाट स्रोत नखुलेको नगद नौ लाख रुपैयाँसहित भारत सुपौल बथ्नाह गाउँ पञ्चायत १७ बस्ने २८ वर्षीय फुल कुमार मेहतालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रामपुर मल्यनियाँबाट खटिएको प्रहरीले नेपालतर्फ आउँदै गरेका मेहेतालाई जाँच गर्ने क्रममा उनको साथमा रहेको तरकारी बोक्ने झोलाभित्र उक्त नगद फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया