Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसङ्क्रमितको सङ्ख्या ६८२ जना, २५ जना ‘डिस्चार्ज’

सङ्क्रमितको सङ्ख्या ६८२ जना, २५ जना ‘डिस्चार्ज’


काठमाडौं,जेठ १३
कोभिड–१९ बाट सोमबारसम्म सङ्क्रमितको सङ्ख्या ६ सय ८२ जना पुगेको छ । सङ्क्रमितमध्ये पुरुष ६०२ जना र महिला ८० जना रहेका छन् । आइतबार रातिसम्म संक्रमितको संख्या छ सय तीन जना थियो । सोमबार मात्रै ७९ जना नयाँ संक्रमित थपिएका हुन् । सङ्क्रमितमध्ये प्रदेश नं १ मा ८६ जना, प्रदेश नं २ मा २३५ जना, वाग्मती प्रदेशमा ३८, गण्डकी प्रदेशमा पाँच जनाा, प्रदेश नं ५ मा २९२ जना, कर्णाली प्रदेशमा ११ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना रहेका छन् ।

यसैगरी सोमबार २५ जना कोभिड–१९ जितेर घर फर्किएका छन् । डिस्चार्ज भएका २५ जनासँगै घर फर्कनेको सङ्ख्या १ सय १२ जना पुगेको छ । नारायणी अस्पताल वीरगञ्जमा उपचार गराइरहेका १८ जना डिस्चार्ज भई घर फर्किएका मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए । ती डिस्चार्ज हुनेमा चार महिने शिशुदेखि ६६ वर्षीय पुरुष रहेका छन् । उनीहरुको डिस्चार्जको अवधि नौ देखि १० दिन रहेको बताइएको छ । यसैगरी पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान, ललितपुरमा उपचार गराइरहेका धनुषा, धादिङ, दाङ्, बर्दिया र काठमाडौँका एक/एक जना डिस्चार्ज भएका छन् । शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालबाट सर्लाही घर भएका एक जना र रुपन्देहीको तौलिहवावाट एक जना डिस्चार्ज भएका छन् । तौलिहवाका डिस्चार्ज हुनेमा स्वास्थ्यकर्मी रहेका छन् ।

यस्तै, सरकारले पाँच हजार सङ्क्रमितलाई लक्षित गरेर औषधिको व्यवस्थापन गरेको छ । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य विभागको व्यवस्थापन महाशाख निर्देशक डा भोगेन्द्रराज डोटेल पाँच हजारलाई लक्षित गरेर औषधि व्यवस्थापन गरिएको जानकारी दिए । शुरुमा एक हजार ५०० सङ्क्रमित हुने अनुमानलाई आधारमा मानेर औषधि व्यवस्थापन गरेपनि सङ्क्रमित सङ्ख्या दिनहुँ बढेकाले पाँच हजार सङ्क्रमितलाई आधारमा मानेर औषधि व्यवस्थापन गरेको बताए ।
सरकारले अहिलेसम्म ९२ करोडको स्वास्थ्य सामग्री ल्याइसकेको र थप ६६ करोडको सामग्री ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म एक लाख भीटीएम प्राप्त गरेको र ती भीटीएम विभिन्न जिल्ला र प्रदेशलाई ८८ हजार वितरण गरिसकेको छ । दुई लाख पाँच हजार भीटीएम खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

विभागले पीसीआर किट एक लाख २८ हजार प्राप्त गरेकामा ७८ हजार विभिन्न ठाउँमा पठाएको छ । थप एक लाख ७५ हजार पीसीआर किट खरिद प्रक्रिया अगाडि बढाएको छ । यसैगरी एक लाख ७५ हजार आरडीटीमा ८० हजार विभिन्न ठाउँमा पठाइएको र थप एक लाख २१ हजार आरडीटी खरिद गर्ने प्रक्रियामा रहेको छ । एक लाख ४६ हजार व्यक्तिगत सुरक्षा कवच (पिपिई) मा ५४ हजार विभिन्न जिल्ला र प्रदेशलाई वितरण गरिएको छ । यस्तै एन–९५ मास्क एक लाख ८० हजार, पञ्जा दुई लाख ७८ हजार महाशाखासँगै मौज्दात रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार १० हजार वोटल स्यानिटाइजर विभिन्न ठाउँमा पठाएको छ । अन्तरराष्ट्रिय दातृ संस्थाले दिएका स्वास्थ्य सामग्रीलाई विभिन्न ठाउँमा पठाइएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया