Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालक्रिएसन र कोका—कोलाद्वारा सफाइकर्मीहरुलाई राहत वितरण

क्रिएसन र कोका—कोलाद्वारा सफाइकर्मीहरुलाई राहत वितरण


काठमाडौं, जेठ १३
कोका—कोला फाउनडेसन र क्रिएसनले संयुक्त रुपमा सोमबार एक सय सफाइकर्मीहरुलाई राहत वितरण गरेको छ । कोकाकोला र क्रिएसनले सफाइकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्टको घोषणा गरेको थिए । सोही परियोजनाअनुसार सफाइकर्मीलाई राहत वितरण गरिएको कम्पनीले जनाएको छ । हालसम्म चार स्थानमा गरी चार सय तीन जना सरसफाइकर्मीलाई राहत वितरण गरिएको बताईएको छ ।

उनीहरुलाई सुरक्षा सम्बन्धी जागरूकता कार्यक्रम, पाँच जनाको परिवारलाई एक महिनासम्म पुग्ने खाद्यान्न राहत प्याकेज र महिलाहरूको लागि डिग्निटी किट प्रदान गरिएको छ, जसमा प्राथमिक आवश्यकता सुनिश्चित गर्न र उनीहरूको स्वास्थ सुरक्षाको लागि वातावरण मैत्री र पुनः प्रयोग योग्य सेनेटरी प्याडको साथसाथै व्यक्तिगत स्वच्छता सामग्रीहरू जस्तै साबुन, पञ्जा र आवश्यक औषधिहरू प्रदान गरिएको छ ।

यसबाहेक आगामी जेठ २६ गते एक सय जना सफाइकर्मीहरुलाई रक्षात्मक गाउन र सुरक्षा सामग्रीहरू प्रदान गरिने बताईएको छ । यस परियोजनाको लक्ष्य जोखिममा रहेका सफाइकर्मी र उनीहरूका परिवारहरूलाई कोरोना भाइरसको नकारात्मक असरबाट बचाउन सहयोग पुराउन जागरूकता अभियान, सुरक्षा तथा राहत सामग्रीहरू प्रदान गर्ने हो । यस परियोजनाको पहिलो कार्यक्रम जेठ २ गते काठमाडौंको बुढानिलकण्ठ स्थित वुमन फर ह्यूमन राइटसमा आयोजना गरिएको थियो, जहाँ १५० सफाइकर्मीहरुलाई सुरक्षा सम्बन्धी जागरूकताका साथ राहत सामग्री पनि वितरण गरिएको थियो ।

क्रिएसनको पहलमा गरिएको यस परियोजनामा वुमन फर ह्युमन राइट, डोको रिसाईकलर्स, ब्लू वेस्ट टू भ्यालु, नेप्सेम्याक र हिमालयन क्लाइमेट इनिसियटिभले आ—आफ्नो सन्जालमा रहेका सफाइकर्मीहरुलाई राहत वितरण गराएर यस परियोजनाको पहुँचलाई व्यापक बनाउन मदत गर्ने भएका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया