Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालस्काउट लिडरहरु पाँंचतल्ले मन्दिरको पुनर्निर्माणमा

स्काउट लिडरहरु पाँंचतल्ले मन्दिरको पुनर्निर्माणमा


भक्तपुर, जेठ १५
नेपाल स्काउट जिल्ला समिति भक्तपुरका स्काउट लिडरहरु भक्तपुरको प्रसिद्ध पाँंचतल्ले मन्दिरको जीर्णाेद्धारमा जुटका छन् । मन्दिर पुनर्निर्माणको क्रममा जनश्रमदानमा उनीहरु जुटेका हुन् । लकडाउनदेखि प्रत्येक दिन जनचेतनामूलक काममा लाग्दै आएका उनीहरु बुधबार दिनभर पाँचतल्ले मन्दिरको जीर्णाेद्धारमा खटिएका हुन् । पाँंचतल्ले मन्दिरको जीर्णाेद्धार कार्य अहिले लकडाउनको अवधिमा पनि धमाधम भइरहेको छ । नगरबासीहरुसँंग जनश्रमदान माग्दै अहिले दैनिक त्यहाँ काम भइरहेका छन् । अहिले त्यहाँं पाँंचतल्ले मन्दिरको छाना छाउने काम भइरहेको छ ।

परम्पराजस्तै झिंगटी इँट्टाले त्यहाँं छाना छाउने काम भइरहेको हो । त्यसका लागि माटो मुछ्ने र त्यसलाई लाइनमा बसी माथि छानासम्म माटो पु-याउने काम अहिले भइरहेको छ । यही काममा स्काउटका लिडरहरु लागिपरेका हुन् । नेपाल स्काउट जिल्ला समिति भक्तपुरका प्रमुख आयुक्त कर्माचार्यले यसअघि लकडाउनको जनचेतनामूलक काममा खटिँदै आएका स्काउट लिडरहरु लकडाउनको बीचमा पहिलोपटक मन्दिर पुनर्निर्माणको श्रमदानमा जुटेको जानकारी गराए । यसअघि लकडाउन पूर्ण पालना गरी घरबाहिर ननिस्किन माइकिङलगायतका काममा उनीहरु जुट्दै आएको कर्माचार्यले जनाए ।

साथै लकडाउनका समयमा तातो खान, साबुन पानीले हात धुनलगायतका जनचेतनामूलक काममा उनीहरु खटिएको कर्माचार्यले जनाए । भक्तपुरको पाँंचतल्ले मन्दिरको पुनर्निर्माण लकडाउनको सुरुवातदेखि बन्द भएको थियो । तर पछिल्लो दिन दशदिन अघिदेखि काम सुरु भएको थियो । नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरुको जनश्रमदानबाट अहिले पनि मन्दिरको पुनर्निर्माणकार्य भइरहेको छ । मन्दिरको पुनर्निर्माण यही आर्थिक वर्षभित्र सकाउने योजना राखिएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया