Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालतराईमा महामारी, पहाडमा ‘अनिकाल’

तराईमा महामारी, पहाडमा ‘अनिकाल’


काठमाडौं, जेठ १५
मानवविरुद्धको अज्ञात दुष्मनका रूपमा बिगत पाँच महिनादेखि विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमणले नेपाललाई पनि आक्रान्त पार्दै लगेको छ । संसारका सक्तिशाली, साधन स्रोत र प्रविधिले सम्पन्न विकसित यूरोप, अमेरिकालगाएत चीन, कोरिया, भारत जस्ता मुलुकलाई हायलकायल बनाइरहेको छ । कोरोना भाइरसले नेपालजस्तो स्रोत, साधन र प्रबिधिको पछ्यौटे मुलुकलाई अरु मुलुकलाई भन्दा ढिलो सताउन थाले पनि सानै संख्याको संक्रमणले पनि छिटै थला पार्ने अवस्था देखिन थालेको छ ।

नेपालमा कोरोना संक्रमणबाट मर्नेको संख्या चार पुगेको छ भने संक्रमित संख्या आठ सय ८६ पुगेको छ । तर, संक्रिमितको संख्या दिनप्रतिदिन बढदो क्रममा रहेको छ । अहिलेसम्मको संक्रमितको संख्यालाई हेर्दा यो कुनै ठुलो संख्या होइन । तर, कोरोनाको कारण अहिले नेपालमा मर्नेहरूमध्ये २ नम्वर प्रदेशका १ जना, ३ नम्बरका १ जना र ५ नम्बर प्रदेशका २ जना रहेका छन् । कोरोनाका कारण मानिसको ज्यान जान थालेपछि मात्रै कोरोेना संक्रमणको परीक्षणलाई केहीरूपमा बढवा दिन थालिएको छ । ५ नम्बर प्रदेशका शिक्षकको मात्रै कोरोना पहिचानपछि निधन भएको थियो । यसको अर्थ नेपालमा परीक्षण गर्ने उपयुक्त साधन र स्रोत अभाव रहेको छ । कोरोना नै नलागी एक व्यक्तिको बुटवलमा चार दिनपछि मात्र लाश उठाइएको घटना पनि ताजै छ ।

क्वारेन्टाइनमा राखेका व्यक्तिहरूको १५ दिन बित्दा पनि परीक्षण नगरिएपछि उनीहरूले क्वारेन्टाइन छाडेर भाग्न थालेको मात्र होइन, नेपालगञ्जमा परीक्षणप्रति समुदायले नै अबिश्वास गरेपछि तीन दिनसम्म कफ्यु लगाउनु परेको थियो । सरकारले जनतालाई कोरोना संक्रमण र यसको परीक्षण बारे आस्वस्त बनाउन सकेको छैन र यसलाई निकै मिहिनेत गर्नुपर्ने देखिएको छ । तर, सत्ता संघर्षको भुमरीमा परेको सरकारले त्यसबाट बाहिर निस्किएर सजिलोसँग जनतालाई बुझाउने समय पनि पाएको देखिएको छैन । गरीवी, अशिक्षा र बेरोजगारीले ग्रसित नेपाली जनमानसमा कोरोनाको भाइरस अहिले चौतर्फी त्रासको बिषय बनेको छ ।

तेस्रो मुलुकमा रोजगारीको लागि गएका नेपालीहरूमा घर परिवार, उसको स्वास्थ्य र सुरक्षा मात्र होइन, रकम नपठाउँदाको असर उसको परिवारमा छाक टार्न समस्या परेकै छ । भारतबाट अहिलेसम्म पाँच लाख मानिस फर्किएको र उनीहरूको अहिलेसम्म स्वास्थ्य परीक्षण हुन सकेको छैन । तर, पनि दिनहँु भारतबाट लर्को लागेर फर्किने नेपालीको ताँती रोकिएको छैन । यही कारण नेपालको तराईका सबै जिल्लाहरू अहिले कोरोना महामारीले पिल्सिएका छन र त्यसको त्रास काठमाडौं उपत्यका र अरु शहरमा फैलिएको छ ।

बुढाबुढी बा–आमालाई गाउँमा छाडेर छोराछोरी लिएर सहरमा तिनको पठनपाठनमा गर्न बसेका, बैदेशिक रोजगारीमा गएका, परिवारका सदस्यहरू र सहरमा सानोतिनो काम गरेर गुजारा चलाउँदै आएका ब्यक्तिहरू धमाधम गाउँ फर्किएका छन । सहरमा कोरोनाको त्रास बढेपछि उनीहरू गाउँ फर्कदा बुढाबुढीले जोहो गरेर राखेको खाद्यन्न सकिएपछि अनिकालको मारमा पर्न थालेका छन् । लकडाउनका कारण बजार बन्द रहेका कारण अहिले गाउँघरमा किनेर खाने अवस्था छैन । गाउँघरमा नजिकै किन्ने पसल पनि हुँदैनन । खाने मुख थपिएपछि घरमा भएको खाद्यन्न सकिएको र खाद्यन्न किन्ने पैसा पनि नभएकोले सिंगो पहाडी क्षेत्रमा अनिकाल भित्रिएको छ । यसले गर्दा पहाडी क्षेत्रमा खशी, बाख्रा, कुखुरा चोरीको ‘घटना’ बढेका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया