Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाललोखिममा हुनलागेको बालविवाह रोकियो

लोखिममा हुनलागेको बालविवाह रोकियो


सोलुखुम्बु, जेठ २७
सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिका वडा नम्बर ९ लोखिममा हुनलागेको बालविवाह रोकिएको छ । धुमधामका साथ हुन गइरहेको बालविवाह जनप्रतिनिधि र प्रहरीको सहयोगमा रोकिएको हो । आइतबार तामझामका साथ दुलहीको घरमा पुगेका दुलहासहित जन्ती आएको गोप्य सूचना पाएपछि जनप्रतिनिधि र प्रहरी पुगेर उक्त विवाह रोकेको वडा नम्बर ९ का वडा अध्यक्ष भुपालसिंह राईले जानकारी दिए ।

वडा अध्यक्ष भुपालसिंह राईका अनुसार लोखिमकै एक १९ वर्षीय युवा र १६ वर्षीया युवतीबीच दुवैको मञ्जुरीमा नै विवाह भइरहेको थियो । नेपालको कानुनमा २० वर्षभन्दा कम उमेरमा मञ्जुरमै गरिएको विवाहलाई पनि स्वत बदर गर्ने व्यवस्था छ । प्रहरी र जनप्रतिनिधि बेहुलीको घरैमा पुगेर दुवै पक्षलाई सम्झाई बुझाई विवाह रोकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिए । दुलहा र दुलहीलाई सम्झाएर परिवारको जिम्मा लगाएको प्रहरीको भनाइ छ ।

अघिल्लो दिन नै बालविवाह हुँदैछ भन्ने थाहा पाएपछि केही युवाले यो विवाह गर्न हुँदैन भन्दासमेत त्यसलाई नमानेका अभिभावकहरू प्रहरी र वडा अध्यक्ष पुगेपछि विवाह रोक्न सहमत भएको बताइएको छ । नेपालको मुलुकी अपराध संहिता २०७४ दफा १७३ को उपदफा २ मा २० वर्ष नपुगी मञ्जुरीमा नै गरिएको विवाहलाई कानुनविपरीत मानिएको छ । र त्यस्तो विवाह स्वत रद्द हुने व्यवस्था रहेको छ । साथै संहितामा विवाह गर्ने गराउने व्यक्तिलाई समेत ३ वर्षसम्म कैद र ३० हजार रूपैयाँ जरिवाना हुन व्यवस्था रहेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया