Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालभारतबाट फर्केका मानिसले भरिए गाउँका विद्यालय

भारतबाट फर्केका मानिसले भरिए गाउँका विद्यालय


सुबास बस्नेत
दोलखा, असार २
लकडाउन सुरु भएपछि भारतबाट जिल्ला आएका मान्छेहरुले गाउँका विद्यालय भरिएका छन् । स्थानीय जनप्रतिनिधिले भारतबाट आएका व्यक्तिहरुलाई विद्यालयमा राख्ने गरेको छ । नेपालमा कोरोना भाइरस संक्रमणका बिरामी दिनप्रतिदिन बढ्दै गएपछि स्थानीय सरकारले वैकल्पिक क्वारेन्टाइनको रूपमा विद्यालयका कक्षाकोठा प्रयोग गर्दै आएका छन् । जिल्लामा भारत लगायतका कोरोना संक्रमित तेस्रो मुलुकबाट करिब छ हजार मानिसहरु जिल्ला भित्रिएका छन् । दोलखामा अझैपनि भारतबाट मानिसहरु आउने क्रम जारी रहेको छ । बैतेश्वर गाउँपालिकाको विष्णु मावि, कालिढुङ्गा मावि, कालिदेवी प्रावि, जलदेवी माविलगायतका करिब आधा दर्जन विद्यालयहरु भारतबाट फर्केका मानिसले भरिएका छन् ।

त्यसैगरी कालिञ्चोक गाउँपालिकाले पालिकाभित्रका विद्यालयहरु कालिनाग मावी, निकोभूमे माविलगायतका विद्यालयमा एक सयभन्दा बढी मानिसलाई राखेको छ । तामाकोशी गाउँपालिकाले पनि भारतबाट गाउँ आएका दर्जन बढी मानिसलाई पालिकाभित्रका विद्यालयमा राखेको जनाएको छ । त्यस्तै अन्य गाउँपालिका तथा नगरपालिकाहरुले पनि विद्यालयलाई नै क्वारेन्टाइनको रुपमा प्रयोग गर्दै आइरहेका छन् ।

जिल्ला स्वस्थ्य प्रमुख विभुकुमार झलजे क्वारेन्टाइनमा बसेकाहरुलाई पीसीआर परीक्षण गरेर मात्रै घर पठाइएने बताए । क्वारेन्टाइनमा बसेकाहरुलाई खाजा खाना भत्ता दिनुकोका साथै नियमित स्वास्थ्य परीक्षण गरिने झाले बताए । हालसम्म दोलखाका दुई जनालाई कोरोना संक्रमण देखएिको छ । जसमध्ये एक पुरुषको संक्रमणका कारण मृत्यु भएको छ भने संक्रमित महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया