Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुद१० बर्षपछि बिश्वकको मैदानमा नेदरल्यान्ड्ससँग भिड्दै नेपाल

१० बर्षपछि बिश्वकको मैदानमा नेदरल्यान्ड्ससँग भिड्दै नेपाल


काठमाडौं,आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले १० बषपछि मंगलबार साझ एसोसिएटहरु मध्येको बलियो टोली नेदरल्यान्ड्ससँग खेल खेल्दै छ । अमेरिकाको डालसस्थित ग्राण्ड पेरी क्रिकेट ग्राउन्डमा हुने खेल नेपालको लागि निकै महत्वपूर्ण र चाखलाग्दो रहने छ । नेपालले पहिलो पटक २०१४ सालमा टी २० बिश्वकप बंगलादेशमा खेलेको थियो । सिमीत पूर्वाआधारमा पनि खेलाडीहरुले बिश्वकपको मञ्चमा देखाएको प्रदर्शन खुलेर प्रसंसा गर्न लायक थियो । त्यो बेलाको समयमा बलिया प्रतिद्धन्दी राष्ट्रहरु अफगानिस्तान,हङकङ जस्ता देशहरुलाई नेपालले हराएको थियो । बंगलादेशसँग भने पराजित भएपछि रनरेटका आधारमा नेपाले त्यो बिश्वकपमा आफ्नो यात्रा अगाडी बढाउन सकेन । त्यती बेला बिश्वकप खेलेकोे अफ्गानिस्तान र अहिलेको अफ्गानिस्तानमा धेरै फरक छ ।

अहिले अफ्गानिस्तानले बिश्वका जुनसुकैँ राष्ट्रहरुलाई कडा चुनौति दिन सक्षम देखिन्छ । त्यो बेला अफगानिस्तानलाई बिश्वकप क्रिकेट २०१४ मा पारस खड्काको कप्तानीमा शुबास खकुरेल,सागर पुन,नरेश बुडायर,ज्ञानेन्द्र मल्ल,सरद भेसवाकर,बसन्त रेग्मी,शक्ति गौचन,जितेन्द्र मुखिया,सोमपाल कामी,बिनोद भण्डारी जस्ता खेलाडीहरुको नेपाली टिमले पराजित गरेर बिश्वको ध्यान आफूतिर तान्न सफल भएको थियो । त्यो समय अहिले क्यानडालाई बिश्वकपमा पु¥याउन सफल भएका प्रशिक्षक पुबुदु दसानाईके थिए । २०१४ सालमा बिश्वकप खेलेको नेपाल त्यसपछि बिचमा निकै संघर्ष गर्न पुग्यो । यो बिचमा नेपालमा धेरै प्रशिक्षकहरु र खेलाडीहरु परिर्वतन भए । जब,नेपालमा नयाँ कोचको रुपमा मोन्टी देसाईको आगमन भयो ।

त्यसपछि भने नेपालले सफलता यसरि हासिल ग¥यो कि मानौ कसैले जादूको छडी चलाईराखेको छ । ओडीआई स्टाटस बचान बाट सुरु गरेको यात्रा १० बर्षपछि बिश्वकपको मञ्चमा पुगेको छ । तर नेपाली क्रिकेटको लागि यो यात्रा अन्तिम रहने छैन । यो एउटा बिश्वकपमा सुरुबात मात्र रहने छ । जुन सुरुबात नेपालले आज नेदरलयाण्डलाई हराएर अगाडी बढ्ने छ । नेपालले आफूले अहिले सिकिरहेको पक्षबाट सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । रोहित पौडेलको कप्तानीमा आशिफ शेख,कुशल भुर्तेल,अनिल शाह,दिपेन्द्र सिंह ऐरी,कुशल मल्ल,सन्दिप जोरा,करन केसी,गुलशन झा,सोमपाल कामी,अबिनास बोहोरा,ललित नारायण राजवंशी,प्रतिश जिसी,कमल सिंह ऐरी र सागर ढकाल अहिले टिममा रहेका छन् । प्रशिक्षक मोन्टी  देसाईले राम्रो नतिजा निकाल्न धेरै मिहेनत गर्नेछन् । ग्राउन्ड,पिचको अबस्था हेरेर नेपालले बेष्ट ११ खेलाउने छ । जस्ले नेदरल्यान्ड्सलाई कडा चुनौति दिन सक्षम रहने छ ।

नेदरल्यान्ड्स एसोसिएट देशहरुमा सबैभन्दा बलियो टिम मानिने गर्छ । उसले लगातार बिश्वकप प्रतियोगिता खेलेको मात्र छैन । दक्षिण अफ्रिका,श्रीलङका,वेस्ट इन्डिज जस्ता बलिया टेष्ट राष्ट्रहरुलाई हराएर बिश्व क्रिकेट मञ्चमा आफूलाई चिनाएको छ ।आजको नेपाल र नेदरल्यान्ड्सबीचको खेलका सबै टिकटहरु बिक्री भइसकेको बिबरणहरु सञ्चारमाध्यमहरुबाट सार्वजनिक भएका छन् । ९० प्रतिशत भन्दा बढी नेपाली फ्यानहरु टिकट लिएको अबस्थामा नेपाल भन्दा तुलानात्मक रुपमा बलियो नेदरल्याण्डलाई नेपालको तर्फबाट १२ औं खेलाडीको रुपमा मैदानमा देखिएका समर्थकहरु बिच प्रदर्शन गर्न अलिक दबाफ देखिने छ । तर,उसलाई त्यो कुराले धेरै फरक नपार्न पनि सक्छ । नेपालले नेदरल्यान्ड्सलाई घेरेलु मैदानमा धेरैपटक हराएपनि , यो अमेरिकामा भएको बिश्वकप हो । त्यसैले यहाँ धेरै कुराहरु फरक हुनसक्छ। उसले पनि राम्रो पक्षहरुलाई समेटेर अगाडी बढ्ने रणनीतिमा हुनेछ । यो भन्दा अगाडी भएको अभ्यास खेलमा नेदरल्यान्ड्सले श्रीलङकलाई पराजित गर्दा नेपाल अमेरिकाले बिश्वकपको सुरुवातमा पराजित गरेको राष्ट्र क्यानडासँग पराजित हुन पुगेको थियो । नेपालले हारेपनि त्यसबाट धेरै कुराहरु सुधार गरेर आज नेदरल्याण्डसँग गल्ती गर्ने छैन ।

(सिपीएल) क्यारेबियन प्रिमियर लिगमा र अमेरिकामा धेरै क्रिकेट खेलेर उत्कृष्ट प्रदर्शन गरेका नेपालका सुपरस्टार खेलाडी लेग स्पिनर सन्दीप लामिछानेको अभाब नेपालसँग रहनेनै छ । त्यो भन्दा पनि ठूलो कुरा नेपालले ओपनिङमा राम्रो साझेदारी गर्न नसकेको र अन्तिम डेथ ओभरमा राम्रो बलिङ गर्न नसकेको अबस्था पनि चिन्ताको बिषय रहने छ । पक्कै पनि नेपाली टिम यो कुरासँग जानकार छ नै । त्यसैले, आसा गर्न सकिन्छ नेपालले आजको खेलमा बिगतका गल्ती कमजोरीहरु दोह्रो¥याउने छैन । नेपालको टिममा दिपेन्द्र सिंह ऐरि,रोहित पौडेल,गुलशन झा आजको खेलमा महत्वपूर्ण रहने छन् । अमेरिकामा भएका सबै जसो पिचहरुकमा कम रन बनेको छ । तर नेपालले आज नेदरल्याण्डसँग खेल्ने मैदानमा क्यानडा र अमेरिकाले राम्रो रन बनाएका थिए ।

नेपालले टस जितेर फिल्डीङ गर्नेछ तर , डेथ ओभरमा राम्रो गर्न नसक्नु र सन्दिप लामिछाने टिममा नहुनु त्यसैले पनि पहिले ब्याटिङ गर्नुपर्ने अबस्था आयो भने जित्नका लागि २०० रनका आकडा कम्तिमा पुराउनुपर्ने आवश्यक देखिन्छ । नेपालमा क्रिकेटको लोकप्रियता यति धेरै छ कि त्यो एउटा नेपालको लागी ठूलो चार्डपर्व आए बराबरकै हुन्छ । आज संसदमा (रास्वप्रा) राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले नेपाली जर्सि पहिरिएर संसद भवन गएका तस्बिर सामाजिक संजालमा सार्वजनिक भएका छन् भने,पूर्व प्रधानमन्त्री केपी ओलीले नेपाली टिमको फोटोलाई कभरमा राखेर शुभकामना दिएका छन् । आज देशका बिभिन्न ठाउँहरुमा पर्दामा बिश्वकप हेरिदैं छ । बालेन्द्र शाहले नेतृत्व गरेको काठमाडौं महानगरपालिकाले राजधानीका तिन ठाउँ तिनकुने,हाडीगाउँ र टुडीखेलमा पर्दाबाट नेपाली समर्थकहरुलाई क्रिकेट देखाउने भएको छ । पोखरा महानगरपालिकाले पनि बिभिन्न ठाँउहरुमा पर्दाबाट बिश्वकप खेलको प्रशारण गर्ने भएको छ ।

भक्तपुरका केही ठाउँहरुमा पनि पर्दाबाट नेपाली फ्यानहरुले क्रिकेट हेर्ने भएका छन् । त्यसैले पनि पुष्टी गर्छ नेपालमा क्रिकेटको लोकप्रियता कति छ भन्ने कुरा । बिश्वकमा सबैभन्दा कान्छो उमेरमा कप्तानी गरेको रेकर्ड रोहित पौडेलसँग हुनेछ भने सबै भन्दा सानो उमेरमा प्रतियोगितामा सहभागी हुने खेलाडीको रुपमा गुलशन झा रहनेछन् । त्यो भन्दा पनि अझ ठूलो पक्ष नेपाल प्रतियोगिताको सबैभन्दा युवा टिम रहनेछ । राष्ट्रिय झण्डा आज बिश्वका बिभिन्न ठाउँहरुमा हल्लिने छन् राष्ट्रिय गित मैदानमा बज्दा सबै नेपालीले एक स्वरले राष्ट्रगान गाउने छन् । आस गरौ नेपालले राम्रो क्रिकेट खेल्नेछ नेपाली टिमलाई बिजयको धेरै धेरै शुभकामना ।


क्याटेगोरी : खेलकुद, नेपाल, विश्वकप

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x