Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसडक ढलानमा वडाध्यक्षले अनियमितता गरेको स्थानीयको आरोप

सडक ढलानमा वडाध्यक्षले अनियमितता गरेको स्थानीयको आरोप


उमेश दुबे
बारा, असार ११
बाराको फेटा गाउँपालिकाबाट विकासको निम्ति बिनियोजन गरिएको रकम स्थानीय सरकारकै सहयोगमा अनियमितता भएको पाइएको छ । सडक ढलान गर्नको निम्ति इट्टा, बोल्डर, गिटी, बालुवालगायत सिमेन्टको प्रयोग हुने गरे पनि बोल्डर माथि नै ढलान गर्न लागिएको छ । फेटा गाउँपालिका वडा नम्बर ४ फूलवरीयामा भइरहेको सडक ढलानमा वडा अध्यक्षकै संलग्नतामा अनियमितता भएको स्थानीयले आरोप लगाएका छन् । सडक ढलान ६ इन्च हुनुपर्नेमा ३ इन्च मात्रै ढलान गरिरहेको स्थानीयले बताए ।

वडाअध्यक्षले फूलवरीया टोलमा भइरहेको सडक ढलानमा आफ्नै घरको सदस्यलाई उपभोक्ता समितिका अध्यक्ष बनाई रकम हिनामिना गर्नको निम्ति ६ इन्चको ठाउमा मात्र ३ इन्च ढलान गरिरहेको स्थानीयले आरोप लगाएका छन् । वडा अध्यक्ष वकिल यादवले गाउँपालिकाबाट आएको बजेटलाई दुरुयोग गर्दै आफ्नो मनोमानी तरिकाले सडक ढलान गराइरहेको उनीहरूको भनाइ छ । स्थानीयहरूले विकासको नाममा आएको बजेटले राम्ररी विकास निर्माणको कार्य हुन नसकेको बताए ।

फेटा गाउँपालिकाका अध्यक्ष अमिरीलालप्रसादले गाउँपालिकामा पर्ने ७ वटै वडाहरूमा सडक ढलान, नालालगायतको निर्माण कार्य भइरहेको बताए । सडक ढलान, नाला निर्माणलगायतको कार्यमा कुनै किसिमको लापरबाही गरेको भेटिए भुक्तानी नगर्ने गाउँपालिका अध्यक्ष प्रसादले बताए । उनले आफ्नो क्षत्रेमा पर्ने सबैजसो गाउँहरूमा सडक निर्माणको कार्य भइरहेको हुँदा समयको अभावले आफैँ नखटी इन्जिनियरलगायतको टोलीलाई परिचालन गरिएको बताए । फेटा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष वकिल यादवले सडक ढलानमा आफूले उपभोक्ता समितिलाई केही निर्देशन नदिएको बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया