Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमुद्रण उद्योग महासंघद्वारा जनचेतनासम्बन्धी पुस्तक प्रकाशन

मुद्रण उद्योग महासंघद्वारा जनचेतनासम्बन्धी पुस्तक प्रकाशन


काठमाडौं, असार १४
नेपाल मुद्रण उद्योग महासंघले कोभिड–१९ संक्षिप्त जानकारी तथा कार्यस्थलको तयारी पुस्तिका प्रकाशन गरेको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणको कारण लाखौँले ज्यान गुमाइसकेका र लाखौं संक्रमित भइसकेको वर्तमान अवस्थामा नेपालमा पनि संक्रमण दिनहुँ बढिरहेकोले कोभिड १९ बाट सुरक्षित रहन जनचेतना फैलाउने उद्देश्यले यो पुस्तक प्रकाशन गरिएको प्रकाशन समितिका संयोजक अरुण सापकोटाले बताए ।

उक्त पुस्तक वितरणको शुभारम्भ कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष पुस्कल गौतमले उक्त पुस्तक उद्योग व्यवसायलगायत विभिन्न क्षेत्रमा कार्यरत कर्मचारी तथा सम्पूर्ण नेपालीहरुलाई समेत कोभिड १९ को संक्रमणबाट बच्न र सुरक्षित रहन महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताए । साथै कोभिड १९ को कारण समस्यामा परेका मुद्रण उद्योगी/व्यवशायीहरु प्रति राज्य उदार हुन नसकेकोमा दुःख व्यक्त गर्दै उद्योगी/व्यवाायीहरुलाई यो संकटको समय संरक्षण गर्न सरकार अगाडि बढ्नुपर्नेमा जोड दिए ।

सवारीसाधन सञ्चालनमा जोरविजोर प्रणाली लागू गर्दा उद्योगी÷व्यवसायीलाई समस्या परेकोले यातायातका साधनको वैकल्पिक व्यवस्था नहुँदासम्म जोरविजोर प्रणाली खारेज गर्नुपर्ने उनको भनाइ थियो । कोभिड–१९ को बारेमा संक्षिप्त जानकारी, संक्रमण नियन्त्रण गर्न अपनाउनुपर्ने सावधानी, कार्यक्षेत्रमा पर्नसक्ने असरहरु, कार्यस्थल सुरक्षा तथा सहजताको लागि योजना तथा कार्यविधि, संक्रमण हुन सक्ने जोखिम अनुसार वर्ग विभाजन, फोहोरको व्यवस्थापन तथा परीक्षणसम्बन्धी जानकारीलगायतका विषयहरु समेटेर तयार पारिएको उक्त कोभिड– १९ संक्षिप्त जानकारी तथा कार्यस्थलको तयारी पुस्तक लेखन तथा सम्पादन वरिष्ठ फर्मासिष्ट विवेक सिंह महत र फर्मासिष्ट चन्द्रिका अधिकारीले गरेका थिए । ५८ पेज रहेको उक्त पुस्तकबारे प्रकाश पार्दै लेखक महतले यो पुस्तकले कोभिड–१९ नियन्त्रण तथा जनचेतनाको लागि महत्वपूर्ण भूमिका खेल्नसक्ने उल्लेख गरे ।

निःशुल्क वितरण गरिने उक्त पुस्तक प्रकाशनमा महत्वपूर्ण सहयोग पु-याउने गोपाल प्रसाद ढकाल, श्याम गैरे र लेखकद्वयलाई सम्मान गरिएको थियो । उक्त पुस्तकबारे मुद्रण उद्योग महासंघका निवर्तमान अध्यक्ष माधव केसी, महासचिव यूबराज श्रेष्ठ, सल्लाहकार भरत श्रेष्ठ, काठमाण्डौ मुद्रण उद्योग संघका अध्यक्ष घननारायण श्रेष्ठ, सल्लाहकार प्रेम उपाध्याय र ललितपूर मुद्रण उद्योग संघका अध्यक्ष कमल पोखरेलले प्रकाश पारेका थिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया