Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालचोरीका मोबाइल बरामदमा प्रहरीलाई उलेख्य सफलता

चोरीका मोबाइल बरामदमा प्रहरीलाई उलेख्य सफलता


बुटवल, असार १५
हराएका र चोरी भएका मोबाइल बरामदमा इलाका प्रहरी कार्यालय इटहरी प्रहरीको उलेख्य सफलता हासिल गरेको छ । कार्यालयका कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठका अनुसार विभिन्न मितिमा हराएका तथा चोरी भएको मोबाइलहरूको निवेदनको आधारमा सीडीआर शाखाबाट खोजतलास गर्ने क्रममा हालसम्म विभिन्न ब्राण्डका ५५ लाख ८६ हजार पाँच सय २० रूपैयाँबराबरको दुई सय ३१ थान मोबाइल सेटहरू सम्बन्धित मोबाइलधनीलाई बुझाइएको छ ।

कार्यलयले २०६७ साल वैशाख महिनादेखि इलाका प्रहरी कार्यालय इटहरीमा सीडीआर शाखा स्थापना भएपश्चात् हराएका र चोरी भएका मोबाइल बरामदमा उक्त सफलता हासिल गरेको हो । प्रहरी निरीक्षक श्रेष्ठले यसभन्दा अगाडि बुझाइसकिएको र खोजतलासकै क्रममा हालसम्म फेला परेका विभिन्न ब्राण्डका ४५ थान मोबाइल सेटहरू आइतबार सम्बन्धित मोबाइलधनीहरूलाई बुझाएको बताउँदै उक्त मोबाइल अनुमानित १० लाख ३८ हजार एक सय रूपैयाँबराबरको रहेको बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया