Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालडीएभी स्कुल वीरगञ्जको २६औं वार्षिकोत्सव

डीएभी स्कुल वीरगञ्जको २६औं वार्षिकोत्सव


काठमाडौं, मंसिर २६
डीएभी स्कुल वीरगञ्जको २६औँ वार्षिकोत्सव सम्पन्न भएको छ । नेपालमो यो स्कुल स्थापना गर्ने संस्थापकको रुपमा चिनिने स्वर्गिय शंकरलाल केडियाको ८४औं जन्मजयन्तीको अवसर पारी एक सातादेखि स्कुलले विविध कार्यक्रम गरी यस वर्षको वार्षिक उत्सव मनाएको छ । स्कूलले साताभर राष्ट्रिय स्तरको वक्तृत्वकला प्रतियोगिता, विज्ञान प्रदर्शनी तथा मेला, खेल दिवस तथा वार्षिकउत्सवको विशेष सांस्कृतिक कार्यक्रम तथा प्रशंसापत्र वितरण गरी कार्यक्रम मनाएको छ । बुधबार डीएभीका छात्रछात्राहरुले समाजिक कुरीति हटाउन विभिन्न सन्देशमूलक गीत/संगीत प्रस्तुत गरेका थिए ।

वार्षिकउत्सवको अवसरमा विद्यालयको कामकाजमा योगदान पु-याउने विद्यालयका प्रबन्धक दिलिप गुप्ता, शिक्षक सुधीर सिंह, दिपक क्षेत्री, चन्देश्वर साह, अन्जु बर्मा, मुन्ना साह, पलब ठाकुर, कर्मचारी विजय पटेलगायतलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष ताराचन्द केडियाको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक डा. त्रिदेव उपाध्यायको संयोजनमा समापन भएको कार्यक्रममा प्रमुख अतिथि एवं काठमाडौंका समाजसेवी चन्द्र केसी, विद्यालयका डाइरेक्टर प्रदिप केडिया, विद्यालय सञ्चालन समितिका उपाध्यक्ष डा. विजयकुमार अग्रवाल, डीपीएसका प्रधानाध्यपाक डा. जीएस चौधरी, वीरगञ्जका व्यवसायी सत्यनारायण मित्तल, घनश्याम दास चाचान, परवानीपुर गाउँपालिका वडा नं ३ चैनपुरका वडा अध्यक्ष गजेन्द्र पटेललगायतको सहभागिता थियो ।

१९९३ मा स्थापना भएको डीएभी स्कुल वीरगञ्जमा हाल प्ले समूहदेखि कक्षा १२ सम्म पढाइ हुन्छ । जम्मा ६ सय ३१ जना विद्यार्थी अध्ययनरत छन् भने ४६ जना शिक्षक र २९ जना कर्मचारी कार्यरत छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया