Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालदोलखा थप एक जनामा कोरोना संक्रमण

दोलखा थप एक जनामा कोरोना संक्रमण


सुबास बस्नेत
दोलखा, असार १९
दोलखामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै दोलखामा कोराना संक्रमितको संख्या पाँच जना पुगेको छ । संक्रमित पाँचमध्ये भने एक जनाको ज्यान गएको छ । स्वास्थ्य कार्यालय दोलखाका अनुसार वैदेशिक रोजगारीबाट आई भीमेश्वर नगरपालिकाको क्वारेन्टाइनमा बसेका एक पुरुषमा बिहीबार कोरोना संक्रमणको पुष्टि भएको हो ।

संक्रमित पुरुषको स्वाब असार १४ गते संकलन गरी काभ्रेस्थित धुलिखेल अस्पताल पठाइएको थियो । बिहीबार पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाले जानकारी दिए ।

त्यसैगरी दोलखामा असार १४ गते गौरीशंकर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक पुरुष र एक महिलामा कोरोना पुष्टि भएको थियो । गत जेठमा कोरोना संक्रमण देखिएकी बैतेश्वर गाउँपालिकाकी एक महिला भने कोरोना संक्रमण मुक्त भइसकेकी छन् । गत जेठ महिनामा नै कोरोना संक्रमण देखिएका भीमेश्वर नगरपालिकाका एक वृद्धको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले भने बिहीबार दोलखाका १ महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । तर स्वास्थ्य कार्यालय दोलखाले भने एक पुरुषमा मात्रै संक्रमण पुष्टि भएको र कोरोना पुष्टि भएको भनिएकी महिलाको विषयमा जानकारी लिइरहेको जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया