Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकलकत्तास्थित नवनियुक्त महावाणिज्यदूत र चेम्बरका पदाधिकारीबीच भेटवार्ता

कलकत्तास्थित नवनियुक्त महावाणिज्यदूत र चेम्बरका पदाधिकारीबीच भेटवार्ता


काठमाडौं, असार २३
हालै नेपाल सरकारबाट नियुक्त भएका कलकत्तास्थित महावाणिज्य दूतावासका महावाणिज्यदूत ईश्वरराज पौडेल र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीबीच भेटवार्ता भएको छ । नेपाल चेम्बर अफ कमर्सको कार्यालयमा स्वागत गर्दै चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले सफल कार्यकालको शुभकामना दिए । भेटमा महावाणिज्यदूत पौडेलले नेपालको समग्र हितमा आफ्नो कार्य केन्द्रित हुने बताए ।

साथै नेपाल चेम्बरलगायत फ्रेट फर्वाडर्स एसोसिएसन, चेम्बरका कलकत्तास्थित समकक्षी संस्था इन्डियन चेम्बर अफ कमर्स, कलकत्ता, द बङगाल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, कलकत्ता, फेडेरेसन अफ वेस्ट बङ्गाल ट्रेड एसोसिएसन उच्चस्तरीय निकायसँगको समेत सहकार्यमा व्यापार सहजीकरण गर्न आफू दृढ रहेको विश्वास दिलाए । नेपाल चेम्बरका अध्यक्ष श्रेष्ठले सिपिङ्ग लाइनले कन्टेनरमा लिने डिटेन्सन शुल्कमा एकरुपता नभएको हुँदा सो हटाउनेतर्फ पहल गर्नुपर्ने अनुरोध गर्देै नेपालको लागि एथेस्ट रेल्वे मुभमेन्ट कार्गोको व्यवस्था हुनुपर्ने वताए ।

अध्यक्ष श्रेष्ठले पारवहन लागत घटाउन त्यहाँबाट हुनसक्ने प्रयास जारी राख्न पहल हुनुपर्ने, कलकत्ता कस्टम हाउससँग सुमधुर सम्बन्ध राखी नेपाली कार्गोलाई सहजीकरण गर्ने, कलकत्ता पोर्ट ट्रस्टसँग समन्वय गरी पोर्टमा लाग्ने अनावश्यक झमेला एवं डेमुरेन्ज मिनाहा गरी व्यवसाय गर्न सहज गर्नेतर्फ आवश्यक पहल गरिदिन विशेष अनुरोध गरे । साथै सीआईएफ वीरगञ्ज हुने गरी एलसी कारोबार गर्दा पारवहन लागत कम हुने भएकोले सिपिङ लाइनको सहयोगी भूमिका महत्वपूर्ण हुने हुँदा त्यसतर्फ पहल गरिदिन आग्रह गरे ।

यसैगरी कन्टेनर डिटेन्सन शुल्कलाई कम गर्न आवश्यक पहल गर्न समेत अनरोध गर्नुका साथै पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडलगायत चेम्बरसँग समझदारीपत्रमा हस्ताक्षर भएका करिब चारवटा चेम्बरसँग समन्वय गरी व्यापार, लगानी र कोभिडको महामारीपश्चात् मेला, प्रदर्शनीमा सहभागितामा जोड दिनुपर्ने बताए । सो अवसरमा चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष कमलेश कुमार अग्रवाललगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया