Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसूर्य नेपालद्वारा प्रदेश राहत कोषमा एक करोड सहयोग

सूर्य नेपालद्वारा प्रदेश राहत कोषमा एक करोड सहयोग


जनकपुरधाम, साउन २
कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागि प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा सूर्य नेपाल प्रालिले एक करोड रुपैयाँ सहयोग गरेको छ । सूर्य नेपालका प्रतिनिधिहरुले प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतलाई चेक हस्तान्तरण गरेका हुन् । कम्पनीले कोभिड १९ महामारीले सृजना गरेको समस्या समाधान गर्न विभिन्न प्रदेशहरुमा सहयोग गर्दै आएको सूर्य नेपाल प्रालिका उपाध्यक्ष रवि केसीले जानकारी दिए । प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा विभिन्न बैंक, वित्तीय संस्था, विभिन्न व्यापारिक घरानाहरुले जम्मा गराएका छन् । उक्त रकमबाट प्रदेश सरकारले कोरोनाको रोकथाम तथा उपचारमा खर्च गर्दै आएको छ ।

वाग्मती प्रदेशलाई पनि एक करोड सहयोग : त्यसैगरी सूर्य नेपालले वाग्मती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा पनि १ करोड रुपैयाँ सहयोग गरेको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कम्पनीका उपाध्यक्ष केसीले सो रकमको चेक बुधबार हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री पौडेलले कोषमा रकम सहयोग गरेकोमा धन्यवाद दिए । साथै सबैको सहयोगमा कोरोनाविरुद्धको अभियान सफल हुने बताए ।

सूर्य नेपाल प्रालिका उपाध्यक्ष केसीले कोरोनाविरुद्धको अभियानमा प्रदेश सरकारले देखाएको सक्रियतालाई साथ दिन सहयोग गरेको बताए । साथै कम्पनीले प्रदेश नम्बर ५ सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा पनि १ करोड रुपैया सहयोग गरेको छ । कम्पनीका उपाध्यक्ष केसीले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया