Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल४ जनामा कोरोना देखिएपछि सोलुखुम्बुका स्थानीय त्रसित

४ जनामा कोरोना देखिएपछि सोलुखुम्बुका स्थानीय त्रसित


महेन्द्र शाही
सोलुखुम्बु, साउन ७
हिमाली जिल्ला सोलुखुम्बुमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पीसीआर परीक्षणको ४ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यलय सोलुखुम्बुले जनाएको छ । पोजेटिभ रिर्पोट आउनेमा सोलुदूधकुण्ड नगरापालिकाका २ जना र थुलुङ दूधकोशी गाउँपालिका २ जना रहेको स्वास्थ्य कार्यालय सोलुखम्बुका प्रमुख रमेश खकुरेलले जानकारी दिए ।

संक्रमित सबै पुरुष रहेका छन् । गत असार २८ गते साउदीबाट फर्किएका सोलुदूधकुण्ड नगरपालिकाका ८ का २७ वर्षीय र वडा नम्बर ११ का २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको हो । यस्तै साउदीबाट नै फर्किएका थुलुङ दूधकोशी गाउँपालिकाका ७ का ३४ वर्षीय र वडा नम्बर ५ का ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको खकुरेलको भनाइ छ ।

जिल्लामा एकै पटक ४ जनामा कोरोना पोजेटिभ देखिएपछि स्थानीयमा त्रास उत्पन्न भएको छ । जिल्लामा पहिलो कोरोना संक्रमण देखिएका युवा निको भएर घर फर्किसकेको अवस्थामा पुुनः थप संक्रमित देखिएको हो । जिल्ला बाहिरबाट कोहि चिनेकै व्यक्ति आउँदा पनि सोधि खोजी गर्ने गरेको सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्लाका टोइबहादुर कटुवालको भनाइ छ ।

कोरोना संक्रमित देखिएका २ वडालाई सिल गरिएको गाउँपालिका अध्यक्ष असिम राईको भनाइ छ । अब पालिकामा ल्याउने व्यक्तिको पनि अनिवार्य पीसीआर गरेर मात्र ल्याउने उनको भनाइ छ । स्थानीयले पनि सचेतना अपनाउने पर्ने उनको तर्क छ । यता सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले भने सिल गर्नु मात्र समस्याको समाधान नभएको भन्दै विदेशबाट आएकाहरू मात्र नभएर अरु व्यक्तिको पनि पीसीआर परीक्षण गर्ने तयारी भइरहेको बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया