Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनेपाल -चीनको व्यापारबृद्धिमा नेपालतर्फ साँघुरो सडक वाधक

नेपाल -चीनको व्यापारबृद्धिमा नेपालतर्फ साँघुरो सडक वाधक


काठमाडौं, पुस ६
नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले दुई देशबीचको व्यापारवृद्धिमा नेपालतर्फको साँघुरो सडक नै बाधकको रुपमा देखा परेको बताएकी छिन् । नेपाल–चीन उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले नेपालको सडक निर्माण तथा विस्तारमा लागि चीन सहयोग गर्न तयार रहेको बताइन् । चिनियाँ उत्पादनहरु सस्तो तथा गुणस्तरयुक्त भएको कारण विश्वमा नै ठूलो निर्यातमूलक राष्ट्र भएको उनको भनाइ थियो ।

नेपालमा विमानस्थलहरुको निर्माण तीव्रगतिमा भइरकेको भन्दै उनले हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रोजेक्ट पूर्ण गरी हस्तान्तरण गरिसकेको बताइन् । अबका दिनहरुमा दुई देशबीच भएका विविध सम्झौताहरुको कार्यान्वयनमा जोड दिने उनको भनाइ छ । साथै नेपाल–चीन उद्योग वाणिज्य संघ एक अग्रणी संस्था भएको र दुई देशबीचको आर्थिक, व्यापारिक, सांस्कृतिक, जनस्तरको सम्बन्ध आदि प्रवद्र्धनमा गर्दै आएको कार्य सह्राहनीय रहेको र भविष्यमा समेत राजदूतावासले दुई देशबीचको व्यापार, पर्यटन तथा आर्थिक क्रियाकलापहरुमा सहकार्य गर्ने बताइन् ।

भेटमा संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले दुई देशबीच विद्यमान व्यापारिक सम्भावना र समस्याहरुका बारेमा राजदूतलाई जानकारी गराएका थिए । संघको विभिन्न जिल्लाहरुमा १२ वटा च्याप्टर रहेको र संघले हालसम्म चीनका ३५ वटा अन्तर्राष्ट्रिय व्यापारको प्रवद्र्धनका लागि चीन काउन्सिलअन्तर्गतका सबकाउन्सिल तथा संगठनहरुसँग समझदारीपत्रमा हस्ताक्षर गरी व्यापारिक सूचना, प्रतिनिधिमण्डलको आदानप्रदान, व्यापारिक मेला, एक्स्पो, सेमिनारमा सहभागिता आदिमा सहकार्य गरी अघि बढिरहेको बताए ।

नेपाल–चीनबीच नयाँ हवाइ गन्तव्य विस्तार भएको र संघाईजस्तो ठूलो सहरमा समेत सो सेवा विस्तार गर्नुपर्नेमा जोड दिँदै उनले यसबाट नेपाल भ्रमण वर्ष २०२० सफल हुने उनको भनाइ थियो । लार्चामा सुख्खा बन्दरगाह सञ्चालनमा आएको र सडक मार्गबाट छिटो सुरक्षित रुपमा सामान नेपाल आइपुग्ने हुँदा धेरै आयातकर्ताहरु त्यसतर्फ आकर्षित भइरहेको बताए । उनले रसुवा तथा तातोपानी नाकामा भौतिक पूर्वाधारको विकास गर्नुपर्ने उनले बताए ।

नेपालमा स्थायी सरकार रहेको र लगानीमैत्री वातावरण बन्दै गइरहेको हुँदा चिनियाँ लगानीकर्ताहरुलाई नेपालका विविध सम्भावित क्षेत्रमा ठूलो लगानी ल्याउन पहल गर्न आग्रह गरे । साथै उनले चीनमा हुने व्यापार मेलाहरुमा संघको सहकार्यमा व्यापारीहरुले नेपाली उत्पादन प्रदर्शन गरिरहेको र यस कार्यमा दूतावासबाट समेत सहयोगका लागि आग्रह गरे ।

 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया