Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालइजरायलले दियो प्रदेश २ सरकारलाई स्वास्थ्य सुरक्षा सामग्री

इजरायलले दियो प्रदेश २ सरकारलाई स्वास्थ्य सुरक्षा सामग्री


बटुकनाथ झा
जनकपुरधाम, साउन १५
इजरायली सरकारले कोभिड १९ वाट लडन प्रदेश २ सरकारलाई सुरक्षा सामग्रीहरु सहयोग गरेको छ । कोभिड १९ विरुद्व लडन इजाराइली सरकारले नेपाल सरकारलाई सहयोग गर्ने उद्देश्यले प्रदेश २ को समाजिक विकास मन्त्रालयमार्फत विभिन्न स्वास्थ्य सुरक्षा समाग्रीहरु प्रदान गरेको हो । इजरायल सरकारबाट प्राप्त सरसमानहरु सामाजिक विकासमन्त्री नवल किशोर साहले स्वास्थ्य विभागका निर्देशक डा. प्रमोद यादवलाई हस्तान्तरण गरेका छन् ।

सरसमानहरुमा ४ सय थान पीपीई, १ हजार थान केएन ९५ मास्क, १० हजार थान पिनवाला सर्जिकल मास्क, ५ हजार थान सर्जिकल ग्लोभ्स र ह्यान्ड सेनिटाइजर १ सय जार हस्तान्तरण गरिएको छ । सो अवसरमा मन्त्री साहसँग नेपालस्थित इजरायली दुतावासका प्रतिनिधीले भिडियो कन्फरेन्समा कोभिड १९ र प्रदेश २ सरकारको रणनीति विषयमा छलफल समेत गरेका थिए । नेपालस्थित इजरायली दूतावास, स्वास्थ्य निर्देशनालयका साथै स्वास्थ्य कार्यदलका संयोजक डा. रामकेवल साह सहितका प्रतिनिधिहरुको उपस्थितीमा मन्त्री साहले डा. यादवलाई सो सामानहरु हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा उपस्थितहरुले इजरायल सरकारले कृषिक्षेत्रमा गरेको प्रगति र डिजास्टरको क्षेत्रमा गरेको प्रगतिको प्रशंसा गरेका थिए । मन्त्री साहले सहयोगका लागि इजरायली सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् । इजरायली सरकारले भविष्यमा समेत कोभिड १९ को सामना गर्न प्रदेश २ सरकारसँग सहकार्य गर्न तयार रहेको नोटमा लेखेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया