Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसूर्य नेपालको त्रिसारा अगरबत्ती नेपाली बजारमा

सूर्य नेपालको त्रिसारा अगरबत्ती नेपाली बजारमा


काठमाडौं, साउन २३
सूर्य नेपाल प्रालिले ‘मंगलदीप त्रिसारा’ नामको नयाँ अगरबत्ती नेपाली बजारमा ल्याएको छ । मंगलदीप अगरबत्ती बजारमा ल्याएको छोटो समयमा नै उपभोक्तामाझ लोकप्रिय भएपछि उक्त नयाँ उत्पादन ल्याएको कम्पनीले जनाएको छ । त्रिसारा अगरबत्तीको हरेक काँटीमा ग्राहकहरुले मनमोहक सुगन्धको अनुभव गर्न पाउने कम्पनीको दाबी छ । त्रिसाराको प्रतिप्याक मूल्य एक सय रुपैयाँ कायम गरिएको छ ।

यसअन्तर्गत १ सय ८० काँटी जिपलक प्याकमा उपलब्ध हुनेछन् । जिपलकले गर्दा काँटीको गुणस्तरीयता, सुगन्ध लामो समयसम्म टिक्ने जानकारी कम्पनीले गराएको छ ।त्रिसरालाई सुपर सेभर प्याकको रुपमा प्रवर्द्धन गर्ने निर्णय कम्पनीले गरेको छ । सूर्य नेपाल प्रालिले विभिन्न स्वदेशी अगरबत्ती उद्योगहरुलाई आफ्नो संस्थागत सामाजिक दायित्वअन्तर्गत मंगलदीप अगरबत्ती वनाउन दिई सोको बजार प्रवर्द्धन तथा बिक्री गरी ती उद्योगहरुलाई दिगो एवं सक्षम वनन मद्दत गरिराखेको जनाएको छ ।

मंगलदीप अगरबत्तीले हाल राष्ट्रको अगरबत्तीमा व्याप्त परनिर्भरता कम गरी देशको राजस्व वृद्धि गर्न तथा अवैध रुपमा हुने अगरबत्ती आयात रोक्न समेत सफल भइरहेको छ । नेपालको सांस्कृतिक परिवेशमा अगरबत्तीले एकदमै महत्व राख्ने हुनाले यसको बजार सम्भाव्यता स्वदेशमै पर्याप्त छ भने विदेशमा पनि यसको माग ठूलो छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया