Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालगौरीशंकरका स्थानीय वर्षेनी बाढीपहिरोको शिकार

गौरीशंकरका स्थानीय वर्षेनी बाढीपहिरोको शिकार


सुबास बस्नेत
दोलखा, साउन २५
दोलखाको उत्तरी क्षेत्र गौरीशंकर गाउँपालिकाभित्रका स्थानीय वर्षेनी बाढीपहिरोको शिकार बन्ने गरेका छन् । गत वर्ष बाढीपहिरोका कारण ठूलो जनधनको क्षति व्यहोरेका गौरीशंकर गाउँपालिकाले यो वर्ष पनि लगातारको वर्षासँगै आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ भने दर्जनौँ परिवार विस्थापित बनेका छन् ।
गत बिहीबार रातिको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण दोलखाको गौरीशंकर गाउँपालिकामा एक जनाको ज्यान गएको छ भने दर्जनौँ घरहरूमा क्षति पुगेको छ । गौरीशंकर गाउँपालिका वडा नम्बर ८ खारे टुनिटारमा माथिबाट खसेको पहिरोले लागेर ३० वर्षका सुरेश शिवाकोटीको मृत्यु भएको हो ।

कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ घर भएका शिवाकोटी ग्रीलको काम गर्न खारे पुगेका थिए । पहिरोले लागेर अर्का मजदुर लोकश चौधरी घाइते भएको प्रहरीले जनाएको छ । त्यस्तै बाढीले गौरीशंकर गाउँपालिका वडा नम्बर ६ का तीन दर्जन घरपरिवार विस्थापित भएको गौरीशंकर गाउँपालिकाका अध्यक्ष स्वयमबहादुर खड्काले जानकारी दिए । बाढी तथा पहिरोकै कारण गुरुम्फिका दुई दर्जन घरहरूमा क्षति क्षति पुगेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक सुनजित तमाङले जानकारी दिए । तामाकोशीमा पानीको बहाब अत्यधिक भएपछि विगु र गौरीशंकर गाउँपालिका जोड्ने भोर्लेको बेलिब्रिजमा क्षति पुगेकोले आवतजावतमा समस्या भएको अध्यक्ष खड्काको भनाइ छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया