Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालपहिरोमा पुरिएर बेपत्ता भएका युवकको शव ३७ दिनपछि फेला

पहिरोमा पुरिएर बेपत्ता भएका युवकको शव ३७ दिनपछि फेला


बझाङ, साउन २६
बझाङको केदारस्युँ गाउँपालिका ८ मल्लेसीमा ३७ दिनपछि पहिरोमा बेपत्ता भएका युवकको शव भेटिएको छ । गत असार १९ गते राति १२ बजे पहिरो खस्दा बेपत्ता भएका २१ वर्षीय गिरी जेठारा करिब ढेड महिनापछि आइतबार मृत फेला परेका हुन् । उनको शव स्थानीय लोकबहादुर जेठाराको घरपछाडि पुरिएको अवस्थामा फेला परेको गाउँपालिका विपद् व्यवस्थापन समिति संयोजक सुरेश जेठाराले बताए । उनका अनुसार स्थानीय लोक जेठाराले घरवरिपरि पसेको ढुङ्गामाटो हटाएर घर सफा गर्ने क्रममा आइतबार दिउँसो शव देखेका हुन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया