अर्धवार्षिक परीक्षा गाउँपालिकास्तरीय गर्ने
आशिषबहादुर सिंह
बझाङ, पुस ९
जिल्लाको छविस पाथिभेरा गाउँपालिकाले कक्षा ८, ९ र १० को अर्धवार्षिक परीक्षा गाँउपालिकास्तरीय गर्ने भएको छ । विद्यालयको कार्यसम्पादनको गुणस्तर मापन गर्न र शिक्षा क्षेत्रको सुधार गर्नका लागि आवश्यक नीति तर्जुमा गर्न गाउँपालिकाले यस्तो निणर्य गरेको बताइएको छ ।
‘विद्यालयहरूले आफैँ परीक्षा सञ्चालन गर्ने, आफैँ उतरपुस्तिका जाँच गर्ने, आफैँ नतिजा प्रकाशन गर्ने अहिलेको जुन प्रणाली छ । हाम्रो गाउँपालिकाले यसमा समस्या देखेको छ’, गाउँपालिका अध्यक्ष अक्कलबहादुर धामीले भने ‘यसो हुँदा शिक्षण सिकाइ प्रक्रिया प्रभावकारी हुन सकेको छैन । गाउँपालिकाको शिक्षाको अवस्था झन् विग्रन थालेकोले हामीले यो निर्णय गरेका हौँ ।’ उनले गाउँपालिकास्तरीय परीक्षा हुन थालेपछि विद्यालयबीच शैक्षिक सुधारका लागि प्रतिस्पर्धा हुने बताए ।
सातवटा केन्द्रमा १६ वटा विद्यालयका करिब एक हजार पाँच सय विद्यार्थी सहभागी हुने परीक्षा सञ्चालन र व्यवस्थापनका लागि गाउँपालिकाले तीन लाख रकम समेत विनियोजन गरेको उनले बताए । गाउँपालिकास्तरीय परीक्षा सञ्चालन गर्ने निणर्य गर्नुको अर्काे कारणबारे बताउँदै वडा नं २ का वडा अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष विकासकुमार अयडीले भने ‘विद्यालयले मनपरी परीक्षा शुल्क असुल्न थालेकै कारण कतिपय निम्न आर्थिक अवस्थाका विद्यार्थीहरूले बीचैमा पढाइ नै छोड्ने गरेको पाइयो । विद्यार्थी संख्या कम भएका विद्यालयहरूले त आधारभूत प्राथमिक कक्षाका विद्यार्थीहरूबाट समेत चर्को परीक्षा शुल्क असुल्ने भएका कारण धेरै समस्या उत्पन्न भएको हाम्रो अध्ययनले देखायो । अब गाउँपालिकास्तरीय परीक्षा सञ्चालन हुने भएपछि यस्ता समस्याहरू स्वतः समाधान हुनेछन् ।’
विद्यार्थीले परीक्षा शुल्क तिर्न नपर्ने गाउँपालिकाको निर्णय अत्यन्तै प्रशंशनीय र गरिब तथा विपन्न जनताको हितमा भएको विद्यार्थी तथा अभिभावकहरूले प्रतिक्रिया दिएका छन् । ‘गाउँपालिकाको यो निर्णयले यहाँको शिक्षा क्षेत्रमा निकै ठूलो परिर्वतन ल्याउने आसा छ ।’ स्थानीय लोकेन्द्रप्रकाश गिरीले भने ‘गाउँपालिकाका सबै विद्यालयको गुणस्तरको अनुगमन सबैले गर्न सक्ने खालको वातावरण तयार त हुने नै छ । परीक्षा शुल्क तिर्न नसकेर पढाइ छोड्नु पर्ने बाध्यताबाट गरिब परिवारका विद्यार्थीहरूले मुक्ति पाउनेछन् ।’
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया