Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाललिखुपिकेमा ल्याइएको पीसीआर मेसिन किन्जामा राखिने

लिखुपिकेमा ल्याइएको पीसीआर मेसिन किन्जामा राखिने


महेन्द्र शाही
दोलखा, भदौ २९
सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा खरिद गरिएको पीसीआर मेसिन वडा नम्बर ५ किन्जामा राखिने भएको छ । लिखु हाइड्रोपावर, कोरियन जनमैत्री अस्पताल र गाउँपालिकाले संयुक्त रुपमा खरिद गरेको मेसिन किन्जामा राख्ने सहमति भएको गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार हाइड्रोपावर र लिखुपिकेबासी सबैलाई पायक पर्ने भएकाले किन्जामा नै राख्ने सहमति भएको हो ।

हाल हाइड्रोपावरले अस्थायी रुपमा दुई जना स्वास्थ्यकर्मी व्यवस्थापन गरेर सञ्चालन गरिरहेको भए पनि निकट भविष्यमै जग्गा व्यवस्थापन गरेर स्थायी रुपमा सञ्चालन गरिने अध्यक्ष बस्नेतको भनाइ छ । जसका लागि मन्त्रालयसँग अनुमति अहिले लिन आफू काठमाडौंमा रहेको र अनुमति प्राप्त भएपछि कर्मचारी व्यवस्थापन गरेर दिगो रुपमा सञ्चालन गरिने उनको भनाइ छ ।

भौगोलिक विकटताका कारण पीसीआर परीक्षणमा लैजान समस्या हुने भएकाले गाउँपालिकामै मेसिन खरिद गरेको अध्यक्ष बस्नेतले बताए । ८५ लाख रुपैयाँमा खरिद गरिएको पीसीआर मेसिनका लागि हालसम्म एक करोडभन्दा बढी लगानी भइसकेको गाउँपालिकाले जनाएको छ ।

खर्चको व्यवस्थापन तत्काललाई हाइड्रोपावर र कोरियन संस्थाले गरेको बताइएको छ । मेसिन ल्याए स्थापना गरेसँगै गाउँपालिकाभित्रका व्यक्तिको पीसीआर परीक्षणका लागि बाहिर पठाउनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ । गाउँपालिकामा हाइड्रोपावरमा पनि सञ्चालनमा रहेकाले बाहिरबाट आउनेहरुको पीसीआर परीक्षणका लागि पनि सहज हुने विश्वास गरिएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया