Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबाँकेमा शुक्रबार र शनिबारको निषेधाज्ञा हटाइयो

बाँकेमा शुक्रबार र शनिबारको निषेधाज्ञा हटाइयो


बाँके, असोज १
केही हप्तादेखि बाँके जिल्लामा लगाइँदै आएको शुक्रबार र शनिबारको निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलले जानकारी दिएका छन् । निषेधाज्ञा हटे पनि कोरोनाको जोखिम उत्तिकै रहेकोले स्वास्थ्य मापदण्डका पूरा विधि अपनाउन समेत उनले सबैलाई आग्रह गरेका छन् ।

बाँके जिल्लामा कोरोना संक्रमणको दरमा वृद्धि भएसँगै जिल्ला प्रशासनले बाँकेमा शुक्रबार र शनिबार गरी हप्ताको दुई दिनसम्म निषेधाज्ञा लगाउँदै आएको थियो । बाँकेमा अबदेखि लक्षणविनाका कोरोना संक्रमित र सामान्य लक्षणसहितका संक्रमित व्यक्ति होम आइसोलेसनमै बस्नुपर्ने भएको छ ।

बुधबार बाँके जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । कोभिड–१९ संक्रमण भएका तर लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितहरुलाई होम आइसोलेसनसम्बन्धी राष्ट्रिय निर्देशिकाले तोकेको मापदण्डबमोजिम सम्बन्धित पालिकाको स्वास्थ्य शाखाको संयोजकत्वमा नियमित अनुगमन र सुपरिवेक्षणमा रहने गरी होम आइसोलेसनमा राख्ने व्यवस्थासहितको निर्णय गरिएको निमित्त प्रजिअ प्याकुरेलले जानकारी दिए ।

त्यसैगरी, बैठकले संक्रमितको अक्सिजन लेभल मापन गर्नका लागि प्रत्येक स्थानीय तहले स्वास्थ्य शाखामा पर्याप्त संख्यामा पल्स अक्सिमिटरको व्यवस्था गर्नुपर्ने निर्णय पनि गरेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया