Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबर्थिङ सेन्टर स्थापना

बर्थिङ सेन्टर स्थापना


सन्तोष पौडेल
बीरगञ्ज ।
पर्सा जिल्लाकै नमूना गाउँपालिकाको रुपमा रहेको छिपहरमाई गाउँपालिका–२ सानो टिहुकी सेढामा दोस्रो बर्थिङ सेन्टरको स्थापना गरिएको छ । नवनिर्मित बर्थिङ सेन्टरको एक कार्यक्रमको आयोजना गरी गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले उद्घाटन गरेका छन् ।

बर्थिङ सेन्टरको उद्घाटन गर्दै अध्यक्ष गुप्ताले छिपहरमाई गाउँपालिकाको पाँचैवटा वडाहरु बर्थिङ सेन्टर स्थापना गरिने बताए । छिपहरमाई गाउँपालिकामा हालसम्म दुईवटा बर्थिङ सेन्टर सञ्चालन रहेको र गा.पा वडा १ मिर्जापुरमा ८० लाखको लागतमा बर्थिङ सेन्टर स्थापना गर्ने गापा अध्यक्ष गुप्ताले बताए ।

अध्यक्ष गुप्ताका अनुसार पहलो बर्थिङ सेन्टर छिपहरमाई गाउँपालिकाको वडा नं ४ तुल्सीवर्वामा, दोस्रो वडा नं २ टिहुकी सेढामा स्थापना भई सञ्चालन समेत भइरहेको छ भने तेस्रो वडा नं ३ जयमंगलापुरमा बर्थिंग सेन्टरको निर्माण सम्पन्न भइसकेको र सञ्चालन हुन बाँकी छ । यस बर्थिङ सेन्टरबाट हजारौँ महिलाहरुले लाभ लिने अध्यक्ष गुप्ताको भनाइ छ ।

छिपहरमाई गाउँपालिकामा रहेको बर्थिङ सेन्टरमा प्रसूति गराउन आउने महिलाहरुलाई प्रोत्साहनस्वरुप गाउँपालिकाबाट दुई हजार नगद समेत दिने गरिएको छ । गाउँपालिकाका सबै बर्थिङ सेन्टरमा एम्बुलेन्स समेत राखिने उनले बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया