Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालहवाइ यात्रुलाई पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गर्न गाउँपालिकाको अनुरोध

हवाइ यात्रुलाई पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गर्न गाउँपालिकाको अनुरोध


महेन्द्र शाही
सोलुखुम्बु ।
सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका आउने यात्रुले पीरीआर रिपोर्ट नेगेटिभ देखाउनु पर्ने भएको छ । गाउँपालिकाले सबै एयरलाइन्स कम्पनीलाई पत्र लेख्दै सबै यात्रुको पीसीआर रिर्पोट नेगेटिभ आए मात्र उडान अनुमति दिन आग्रह गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले जानकारी दिए । नेपाल सरकारले देशभरिका आन्तरिक उडान खुला गरेसँगै कोरोना संक्रमण बढ्ने भन्दै पालिकाले यस्तो अनुरोध गरेको छ । गाउँपालिकामा सिधै काठमाडौँबाट यात्रु आउने भएकाले सावधानी अपनाउन आग्रह गरिएको भट्टराईको भनाइ छ ।

गाउँ पालिकाले लेखेको पत्रमा खुम्बु क्षेत्रमा उडान गर्दै आएका सिता, समिट र तारा एयरलाइन्सलाई सम्बोधन गरिएको छ । देशभरि नै सोमबारदेखि आन्तरिक उडान सुरु गरिएको छ । आन्तिरिक उडान सुरु भएसँगै खुम्बुमा पर्यटकको आवागनम बढ्ने अनुमान गरिएको छ । उडान खुलेको पहिलो दिन सोमबार खुम्बुमा चारवटा उडान भएको विमानस्थल कार्यालयका प्रमुख मुकेशराज दाहाले जानकारी दिए । जसबाट खुम्बुमा पाँचजना यात्रु भित्रिएका छन् । सबै यात्रु स्वदेशी नै रहेको उनको भनाइ छ । अब विमान खुलेसँगै विस्तारै चहलपल बढ्ने स्थानीयको विश्वास रहेको छ । लामो समय सुनसान भएको खुम्बु क्षेत्रमा पर्यटक आउने र आफ्नो व्यापार सुचारु हुने विश्वास गरिएको स्थानीय व्यापारी तोया श्रेष्ठले जानकारी दिए ।

दिनमा एक सय वटासम्म उडान हुने विमानस्थलमा सुनसान हुँदा स्थानीय सारै निराश भएको उनले सुनाए । भदौ १९ गतेदेखि अवरुद्ध भएको उडान समेत शनिबारदेखि सुरु भएको थियो । जसमा आइतार कुनै पनि उडान नभएको दाहालको भनाइ छ । लामो समय उडान नहँुदा खुम्बुमा तरकारीका अभाव देखिएको थियो । मौसम खुलेपछि तरकारी ढुवानी भएको र केही सहज भएको स्थानीय व्यापारी जितेन्द्र बस्नेतले बताए । स्थानीयरूपमा उत्पादन नहुने भएकाले खुम्बुमा तरकारीका लागि काठमाडौँको भर पर्नुको विकल्प छैन ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया