Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसडक शुल्कको विरोधमा सवारी व्यवसायी आन्दोलित

सडक शुल्कको विरोधमा सवारी व्यवसायी आन्दोलित


धन बहादुर जप्रेल
कञ्चनपुर ।
सडक सेवा शुल्कको विरोधमा कृष्णपुर नगरपालिकाका यातायात व्यवसायीहरुले आइतबार पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी आन्दोलन गरेका छन् । सडकमा सवारी साधन गुडाएबापत नगरपालिका कार्यालयले महंगो कर लिनथालेको भन्दै नेपाली कांग्रेसको अगुवाइमा यातयात व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । नगरपालिकाले सडक सेवाशुल्क कर उठाउन १० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।

नगरपालिकाले दोहोरो कर लिनथालेपछि आन्दोलनमा उत्रिनु परेको सवारीधनीहरुको भनाइ रहेको छ । ट्रक, ट्याक्टर, अटो रिक्सा, जिपलगायतका सवारी र ढुवानीका साधनबाट ठेकेदारले रकम असुल्नथालेपछि सवारीधनीहरु आन्दोलनमा उत्रिएका हुन् । ठेकेदारले नगरपालिकाभित्रका सडकमा गुडने सवारी र ढुवानीका साधनबाट ५० रुपैयाँदेखि एक सय रुपैयाँसम्म असुल्नथालेका छन् ।

स्थानीय सवारीधनीहरुले ठेकेदारमार्फत नगरपालिकाले चर्को शुल्क लगाएकाले त्यसका विरुद्ध आन्दोलन गरिएको बताए । नगरपालिकाले सवारीसाधनबाट शुल्क असुल्ने नीतिमा परिवर्तन नगरे आन्दोलन जारी रहने हरि बहादुर गैरालले बताए । गैरालको संयोजकत्वमा संघर्ष समिति समेत गठन गरिएको छ । कृषि प्रयोजनका सवारी गुडाएबापत नगरपालिकाले लिने करविरुद्ध दबाब दिन संघर्ष समिति गठन गरिएको छ ।

गत शुक्रबार समेत सवारीधनीहरुले सवारीका साधन लगेर नगरपालिका कार्यालय घेराउ गरी सडक करको विरोध गरेका थिए । नगर प्रमुख कर्ण बहादुर हमालले नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरी नगरपालिकाले सडक सेवा शुल्कका लागि ठेक्का सम्झौता गरिएको बताए । वार्ताबाटै समस्या समाधान हुने भएकाले यसका लागि नगरपालिकाका तर्फबाट आह्वान गरिएको उनले बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया