मदनराज भट्ट
डडेल्धुरा, पुस ११
नेपाल र भारत सीमावर्ती महाकाली नदीले गर्ने कटानका कारण भित्री मधेश जोगबुढाका बस्तीहरू उच्च जोखिममा छन् । महाकाली नदीका साथै अन्य नदी र खोलाहरूको कटानका कारण भित्री मधेश क्षेत्रको परशुराम नगरपालिका–६ का वस्तीहरू वर्षेनी उच्च जोखिममा पर्ने गरेका हुन् । वर्षेनी वर्षातका बेला नदी कटानका कारण बडा नं. ६ का बस्तीहरू मानवविहीन बन्न थालेका हुन् । वडा नं. ६ का अधिकांश बस्तीसँगै महाकाली नदीको कटानका कारण वडा नं. ५ स्थित महाकाली नदीको तटमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल परशुरामधामकै अस्तित्व संकटमा पर्न थालेको परशुराम नगरपालिकाका नगरप्रमुख भिमबहादुर साउदले बताए ।
परशुरामधामदेखि वडा नम्बर ५ र ६ का सबै बस्तीहरूमा गुरु योजनासहित तटबन्ध निर्माण गर्न डीपीआर समेत निर्माण गरेर संघीय सरकारलाई आग्रह गरिएको उनले बताए । महाकाली नदीको तटीय क्षेत्रमा रहेका परशुराम नगरपालिका–५ परिगाँउसहित वडा नं. ६ का पटरेनी, ठण्डाजाला, सरगौडा, सिमलखेत, कुडा, छेला, तातापानी, बण्ड, सिसझाला, भौरकुण्डा, खालीगडा र कराली गाँउहरू नदी कटानको उच्च जोखिममा रहेको परशुराम नगरपालिकाले जनाएको छ ।
वडा नं. ६ का अधिकांश बस्तीहरूमा नदी कटानका कारण आधाभन्दा बढी भू–भाग बगरमा परिणत भइसकेपछि आधा जनसंख्या पनि विस्थापित भइसकेको वडा नं. ६ का वडाध्यक्ष खगेन्द्रबहादुर सिंहले बताए । महाकाली नदीका साथै महाकालीमा मिसिने अन्य नदी र खोलासँगै चुरे क्षेत्रबाट निस्कने खहरे खोलाका कारण बस्तीहरूमा कटान हुनेगरेको छ । रुडुक डडेल्धुराद्वारा कार्यान्वयन भइरहेको दक्षिण एसियाली अन्तरदेशीय सीमा नदीको पानीको सामुदायिक सदुपयोग परियोजना (ट्रोसा) तटीय क्षेत्रमा जोखिम न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गरिरहेको छ भने बर्खायाममा महाकाली नदीमा आउने बाढीबाट जोगाउन पूर्वसूचना प्रणालीसमेत व्यवस्थित गरिएको ट्रोसा परियोजनाका कार्यक्रम अधिकृत अमर साउदले बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया