Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकोरोनाका कारण विदेशमा थप १७ जना नेपालीको मृत्यु

कोरोनाका कारण विदेशमा थप १७ जना नेपालीको मृत्यु


काठमाडौं ।
विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप १७ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार शनिबार साँझसम्म युएईमा १ जना र साउदी अरबमा १६ जना गरि थप १७ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले नेपालबाहेक विदेशमा विगत ९ महिनाको अवधिमा १८ देशका दुई सय ८१ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको जानकारी दिए । संघका अनुसार यो साता बेल्जियम, स्पेन, नेदरल्याण्ड, भारत, ओमान, कतार र साउदी अरबमा रहेका नेपालीहरूमा थप कोरोना संक्रमण देखिएको छ ।

गैरआवासीय नेपाली संघअन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म ४२ देशका ४० हजार सात सय ३५ नेपाली कोरोना संक्रमित भएका छन् । तीमध्ये ३६ हजार छ सय ७३ जना नेपालीहरू कोरोना भाइरसबाट मुक्त भएका छन् । संक्रमित नेपालीमध्ये ८९ प्रतिशत कोरोनामुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया