धनुषा ।
धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका ७ स्थित भमरपुरा चोकबाट कात्तिक २ गते एपीएफ टोलीले करिब १६ लाख २३ हजार रुपैयाँबराबरको अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी जिल्लाको बलुवा नगरपालिका ७ बस्ने ३४ वर्षीय रामचन्द्र साह रहेको एपीएफले जानकारी दिएको छ ।
बा.१०च ३५६८ नम्बरको भ्यानमा सवार निज साहलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा गाडीको सिटमुनी लुकाइराखेको अवस्थामा उक्त मूल्य बराबरको दुुई सय ग्राम सुन फेला परेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसबेला उक्त भ्यान समेत बरामद गरेको छ ।
पक्राउ परेका साहलाई बरामद सुन तथा भ्यानसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ । बरामद भ्यानको भन्सार दाखिला मूल्य १५ लाख रुपैयाँ रहेको एपीएफले जानकारी दिएको छ । यसैगरी एपीएफले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ८ गान्धीगल्लीबाट कात्तिक २ गते एपीएफ टोलीले तीन लाख भारतीय रुपैयाँ बरामद गरेको जानकारी दिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मटिहानीबाट गस्तीमा खटिएको एपीएफ टोलीलाई देख्नासाथै उक्त भारतीय रुपैयाँ ल्याउँदै गरेका व्यक्तिले बोेकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि उक्त झोलामा जाँच गर्दा उल्लिखित भारतीय रुपैयाँ फेला परेकोे हो । बरामद भारतीय रुपैयाँ राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको एपीएफले जानकारी दिएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु
- विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान
- नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित
- दुर्घटना अपडेटः गम्भीर घाइतेलाई उपचारका लागि कोहलपुर पठाइयो
- एन्फाका उपाध्यक्ष दावा लामा लागू औषध कारोवार गरेको आरोपमा पक्राउ
- आठ ओभरमा सीमित खेलमा नेपालविरुद्ध ब्याटिङ गर्दै साउदी अरेबिया
- गाजाको शरणार्थी शिविरमा आक्रमण : सात बालबालिकासहित १३ को मृत्यु
- अर्थमन्त्री पुन र विश्व बैंकका दुई उपाध्यक्षबीच भेटवार्ता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया