२० लाख पर्यटक लक्षित नेपाल भ्रमण वर्ष सुरु
काठमाडौं, पुस १७
सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने योजनासाथ बुधबार नेपाल भ्रमण वर्षको उद्घाटन गरिएको छ । काठमाडौंको दशरथ रंगशालामा विशेष कार्यक्रमको आयोजना गरी भ्रमण वर्षको उद्घाटन गरिएको हो । तोकिएको समयभन्दा केही ढिलो सुरु भएको उद्घाटन कार्यक्रम राति करिब ९ बजेसम्म चलेको थियो ।
भ्रमण वर्षको राष्ट्रपति विद्यादेवी भण्डारीको आगमनपछि राष्ट्रिय गीतबाट कार्यक्रम सुरु गरिएको थियो । नेपाली सेनाका टुकडीले देशभक्तिको गीत गाउनुको साथै मञ्चअगाडि नेपाल भ्रमण वर्ष–२०२० को छोटकरी रूप ‘भीएनवाई’ चित्र बनाएका थिए । समारोहमा हिन्दू, बौद्ध, मुस्लिम, जैन, इसाइ, शिख समुदायले आ–आफ्ना पाठ पढेर नेपालमा विभिन्न समुदाय रहन्छन् भन्ने सन्देश दिएका थिए । हिन्दूले शङ्खध्वनि बजाउनुको साथै वैदिक स्वस्तिपाठ वाचन गरेका थिए बौद्ध धर्मावलम्बीले बौद्धपाठ वाचन गरेका थिए । कार्यक्रममा १०८ बटुक र १०८ बौद्धधर्मावलम्बीले उक्त पाठवाचन गरेको राससले जनाएको छ ।
उद्घोषकले समारोहको सञ्चालन नगर्दै नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल मञ्चमा देखिएपछि प्यारापिटमा रहेका दर्शकले ‘हुटिङ’ गरेका थिए । सम्बोधनकै क्रममा हमालले नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण मुलुक रहेको र विभिन्न पर्यटकको आकर्षक गन्तव्य रहेकाले विदेशी पाहुनालाई नेपाल भ्रमण गर्न आग्रह गरे ।
त्यसपछि पर्यटन व्यवसायी र विभिन्न सङ्घ÷संस्थाको झाँकी प्रदर्शन गरिएको थियो । पर्यटन व्यवसायीले पर्यटनका सामग्री बोकेर प्रदर्शन गरेका थिए । करिब एक घण्टा विभिन्न जातजाति, भाषा, संस्कृतिका झाँकी प्रदर्शन गरिएको थियो । सुरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षमा नेपाल घुम्न आउन सबै पर्यटकलाई निम्तो दिँदै आर्थिक विकासको आधार पर्यटनलाई बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।
राष्ट्रपति भण्डारीले एकताको दीपज्योति प्रज्वलन गरी भ्रमण वर्षको उद्घाटन गरेको थियो । सोही समारोहमा भ्रमण वर्षको मस्कट ‘यति’को प्रदर्शन गरियो । समारोहमा उपस्थित दर्शकले भ्रमण वर्षको मस्टक यति अभिरुचिपूर्वक अवलोकन गरेका थिए । भ्रमण वर्षको लोगो अङ्कित ब्यानर चारवटा नेपाली सेनाको हेलिकप्टरबाट प्रदर्शन गरिएको थियो ।
यसैबीच, दशरथ रङ्गशालामा आयोजित नेपाल भ्रमण वर्ष २०२० को उद्घाटनका अवसरमा मन्त्री भट्टराईले नेपाल संसारकै एक अद्वितीय पर्यटकीय गन्तव्य भएको बताउँदै यहाँको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा एवं मौलिक संस्कृतिको अदभूत अनुभूति लिनका लागि पर्यटकलाई आग्रह गरे ।
‘नेपाल प्रकृतिको अनुपम सिर्जना हो । यहाँका अनुपम एवं अद्वितीय प्राकृतिक सौन्दर्यसँग रमाउन नेपाल आउनुहोस् । जिन्दगीभरिका लागि मीठो अनुभव लिएर जानुहोस्’, उनले भने, ‘नेपाल यो धर्तीकै मौलिक संस्कृतिको केन्द्र हो, विविधतापूर्ण संस्कृतिमा रमाएर जिन्दगीभरिका लागि अद्भुत अनूभूति सङ्गालेर जानुहोस् ।’
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- एनसेल सेयर बिक्री प्रकरणको छिटो छानबिन गर
- एनआईसी बैंकद्वारा कर्जाको अधिकतम प्रिमियम दर तीन प्रतिशत कायम
- प्रधानमन्त्री र प्राधिकरणको बेइमानीमा फेरि कालोसूचीमै !
- सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन
- श्रीमतीको हत्या अभियोगमा पक्राउ
- बसले ठक्करबाट मोटरसाइकल चालक ३० वर्षीय युवाको मृत्यु
- उपप्रधानमन्त्री खड्का घाना प्रस्थान
- नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणमा छानबिन गर्न माग
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया