Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकञ्चनपुरमा अवैध उत्खनन मौलायो, सात जेसीभी नियन्त्रणमा

कञ्चनपुरमा अवैध उत्खनन मौलायो, सात जेसीभी नियन्त्रणमा


कञ्चनपुर ।
कञ्चनपुरका रहेका विभिन्न नदी, खोलानालाहरूबाट ढुंगा, बालुवा र गिट्टी उत्खनन तथा चोरी निकासी दिनप्रतिदिन बढ्दै गएको पाइएको छ । खोलानाला उत्खननको प्रभावकारी अनुगमन नहुँदा निर्माण सामग्रीको उत्खनन तथा चोरीनिकासी बढ्दै गएको स्थानीयले बताएका छन् । अवैध उत्खननमा संलग्नलाई कानुनी दायरामा ल्यान नसक्दा उत्खनन मौलाएको उनीहरूको ठहर छ । अनुगमन गर्छन् । तर अवैध क्रियाकलाप गर्नेलाई कानुनी दायरामा ल्याइँदैन । अनुगमन अनुगमनमै सीमीत बनको छ ।बेदकोटका एक स्थानीयले भने, ‘देखावटी रूपमा मात्रै अनुगमन हुने गरेको छ ।’

कृष्णपुर नगरपालिकामा पर्ने बण्ड र मछेली खोलामा मापदण्डविपरीत निर्माण सामग्री उत्खनन भइरहेको स्थानीय बताउँछन् । पहिलेको तुलानामा स्थानीय तहमा जनप्रतिनिधि आएपछि वनजंगल अतिक्रमण र अवैधरूपमा खोला नालाबाट ढुंगा, बालुवा, गिट्टी उत्खनन गरी चोरी निकासी हुने क्रम बढेको स्थानीय दलबहादुर विष्टले बताए । उनका अनुसार खोलामा निर्माण सामग्री उत्खननका लागि बनाइएको प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आईईई) रिपोर्टमा बढीमा डेढ मिटर गहिराइसम्म मात्रै उत्खनन गर्न पाउने उल्लेख छ । तर, त्यहाँ उल्लेख भएभन्दा ३/४ गुणा गहिरो खनेर मनपरी ढंगले ढुंगा, गिट्टी र बालुवा निकाल्ने काम भइरहेको छ ।

नदीको बहाव नै परिवर्तन गर्नेगरी मछेली खोलामा निर्माण सामग्री उत्खनन भइरहेको स्थानीय तथा कृष्णपुर नगरपालिका–२ का वडा सदस्य तुलुुसीदेवी कलौनीले बताइन् । ‘यहाँ मापदण्ड मिचेर निर्माण सामग्री उत्खनन भइरहेको छ, जथाभावी रूपमा भइरहेको उत्खननले नजिकका बस्ती समेत जोखिममा छन्,’ उनले भनिन् । मछेली खोलामा पुल छेउबाट निर्माण सामग्री उत्खनन हुँदा पुल समेत जोखिम उनी बताउँछिन् । सामान्यतया पुलभन्दा पाँच सय मिटर टाढा, नदी किनारबाट ५/५ मिटर टाढा र चुरेफेदीबाट दुई सय मिटर टाढाबाट मात्रै निर्माण सामग्री उत्खनन गर्न पाइन्छ । यो मापदण्डविपरीत यहाँ उत्खनन भइरहेको छ । यहाँका अधिकांश खोला, नाला वन क्षेत्रमै भएका कारण जथाभावी दोहनले वनमा पनि ठूलो असर परिरहेको सबडिभिजन वन कार्यालय वाणीका प्रमुख बालमुकुन्द भट्टले बताए ।

‘ठूलो संख्यामा टिप्पर, ट्याक्टर प्रयोग गरेर रातीराती अवैध तरिकाले नदीजन्य पदार्थ चोरी, तस्करी भइरहेको सूचना आएका छन् ।’ उनले भने, ‘अवैध उत्खनन रोक्न हामीले नियमित गस्ती गर्नेगरेका छौँ । त्यो कार्यमा संलग्नलाई कानुनको दायरामा ल्याउनेछ ।’ नदी, खोला, नालाबाट अनाधिकृत रूपमा भइरहेको उत्खनन तत्कालीन रोक्नुपर्ने माग गर्दै स्थानीयहरू आन्दोलनमा समेत उत्रिन थालेका छन् । केही दिन अगाडि मनपरीरूपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको भन्दै बेदकोट नगरपालिका–५ धरमपुर र ६ घुर्सुवाका स्थानीय आन्दोलित भएका थिए ।

‘खोलाबाट मनपरी रूपमा उत्खनन भइरहको छ । ठूलो संख्यामा प्रयोग भएका जेसीबीले अनाधिकृत उत्खनन गरिरहेका छन् ।’ बेदकोट नगरपालिका–६ घुर्सुवाका स्थानीय केशव पन्तले भने । अनाधिकृत रूपमा नदीजन्य पदार्थ बोकेर हुइकिने टिप्परहरूले बाटो बिगारेको स्थानीय भुवन थापाले बताए । ‘खोलामा ६र७ वटा जेसीबीले अनाधिकृतरूपमा उत्खनन गरिरहेका छन् । नदीजन्य पदार्थ बोकेर जाने टिप्परहरूले यहाँको सडक बिग्रेको छ ।’ उनले भने ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामकुमार महतोसहित सुरक्षा निकायका प्रमुख र जनप्रतिनिधिको टोलीले बेदकोट नगरपालिका ३ र ४ मा पर्ने बगुन खोलामा अनुगमन गरेको छ । अनुगमनका क्रममा मापदण्डविपरीत उत्खनन भइरहेको पाइएको प्रमुख जिल्ला अधिकारी महतोले बताए । ‘मापदण्डविपरित उत्खनन भएको पाइएको छ । सम्झौताअनुसार मापदण्ड अपनाएर उत्खनन, बिक्री, वितरण तथा संकलन गर्न निर्देशन दिएका छौँ ।’ उनले भने, ‘कतै बढी खनेको, मेसिन प्रयोग भएको, ढाँचाअनुसार राख्नु पर्ने अभिलेख नराखेको पाइएको हो ।’ अवैधरूपमा खोलाको उत्खनन गर्नेलाई कानुनबमोजिम कारबाही गर्ने सीडीओ महतोले बताए ।
बगुन खोलाबाट सात जेसीभी नियन्त्रणमा

बगुन खोलाबाट सात जेसीभी नियन्त्रणमा : यसैगरी मापदण्डविपरीत उत्खनन भइरहेको भन्दै कञ्चनपुरको बगुन खोलाबाट सात जेसीभी नियन्त्रणमा लिइएको छ । प्रहरीले बेदकोट नगरपालिकाको बगुन खोलाबाट उत्खनन गरिरहेका सात भेसीभी नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाले मापदण्डविपरीत खोलामा हाल्नै नमिल्ने जेसीभी हालेर उत्खनन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको बताए ।

कञ्चनपुरका नदी, खोला नालाहरूमा ग्राभिलिङ संलकनका नाममा चुरे नै विनाश हुने हिसाबले उत्खनन भइरहेको भन्दै बेदकोट नगरपालिका मुसेपानी क्षेत्रका स्थानीय आन्दोलित भएपछि प्रमुख जिल्ला अधिकारीसहितको संयुक्त टोलीले नदीखोलाको अनुगमन सुरु गरेको थियो । अनुगमनकै क्रममा बगुन खोलामा भेटिएका उक्त जेसीभी नियन्त्रणमा लिएर कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ ।

अनुगमन टोलीले मापदण्डविपरीत उत्खनन भइरहेको भन्दै नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई जिम्मेवारी दिएको थियो । जंगलकै छेउमा वातावरण नाश हुने हिसाबले उत्खनन हुँदा नियन्त्रणमा लिएको प्रहरीको दाबी छ । नियन्त्रणमा लिएका जेसीभी सवारी साधनमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बेदकोट नगरपालिका मेयर अशोककुमार चन्दले ठेकेदारहरूसँग सुरुमै मापदण्डअनुरूप उत्खनन गर्न र नगरपालिकाले गरेको रेखाङ्कनअनुरूप उत्खनन गर्नुहोला भनेर सम्झौता गरिए पनि ठेकेदारबाट सम्झौता उलङ्घन भएको बताए । ठेकेदारबाट सम्झौता उलङघन भएको बताए ।

मेयर चन्दले मापदण्ड अनुरुप उत्खनन नहुँदाको परिमाण भएको बताए । ‘नगरपालिकाले सबै खोला नालाहरुको अनुगमन गर्छ, ‘उनले भने, ‘गलत भेटिए कार्बाही गर्छौँ ।’ यस वर्ष नगरपालिकाले रोयल्टी संकलनका लागि अमृत कस्ष्ट्रक्सनसंग ८५लाखमा ठेक्का सम्झौता गरेको थियो । मापदण्ड अनुरुपै नदीजन्य पदार्थ संकलन भईरहेको ठेकेदार कम्पनीको दावि छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया