
काठमाडौं ।
राष्ट्रिय मानवअधिकार आयोगले ‘दयाराम स्मृति मानवअधिकार सम्मान’ यसवर्ष मानव अधिकारकर्मी तथा अभियन्ता डा. रेणु अधिकारी र ‘मानव अधिकार पुरस्कार’ पत्रकार तथा मानव अधिकारकर्मी झलक गैरेलाई प्रदान गरिने निर्णय गरेको छ । आयोगले अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा मानव अधिकार सम्मान तथा पुरस्कारको घोषणा गरेको हो ।
आयोगका अनुसार सम्मानित हुने डा. रेणु अधिकारी महिला मानवअधिकार रक्षक सञ्जाल (ओरेक) नेपालका संस्थापक तथा लैङ्गिक समानता, लैङ्गिक न्याय र महिला हिंसाको न्यूनीकरणको अभियानमा विगत तीन दशकदेखि निरन्तर कार्य गर्दै आएकी छिन् । पुरस्कृत हुने अर्का व्यक्ति झलक गैरे नेपालगञ्जस्थित नेपालगञ्ज दैनिकको प्रधान सम्पादक, रेडियो भेरी आवाजका स्टेशन प्रमुख, नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य/प्रदेश संयोजक हुन् । आयोगले प्रत्येक वर्ष मानवअधिकारको क्षेत्रमा काम गर्ने व्यक्तीहरूलाई दयाराम स्मृति मानवअधिकार सम्मान र मानव अधिकार पुरस्कारले सम्मान गर्दै आइरहेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रोग्रेसिभ फाइनान्स २६औँ वर्षमा प्रवेश
- नबिल बैंकद्वारा बचतको बानी बसाल्ने भिडियो सार्वजनिक
- सेञ्चुरी बैंकको नयाँ शाखा बालाजु र गौरीघाटमा
- ज्योति लाइफको ६६ करोड रुपैयाँको साधारण सेयर यही फागुन २३ गतेबाट
- नेपाल फाइनान्सको चौथो शाखा सैनामैनामा
- ६१ प्रतिशतले घट्यो अस्ट्रेलियामा चिनियाँ लगानी
- तेलको मूल्यवृद्धिसँगै ओपेक मुलुकबीच कोटा निर्धारणको विषयले तनाव बढ्यो
- संसारमा थपिए छ सय १० नयाँ अर्बपति
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया